काठमाडौं । काठमाडौंमा जारी नाडा अटो शोमा सस्तो विद्युतीय गाडी ब्रम्बी प्रदर्शनीमा राखिएको छ । नाडा अटो शो अवधिभर विशेष छुटमा गाडी बुकिङको सुविधा उपलब्ध गराइएको छ । बेइजिङ अटोमोबाइल वर्क (बीएडब्लू) ले उत्पादन गरेको चिनियाँ गाडी ब्रम्बी ईभी २१ लाख ९० हजार रुपैयाँमा खरिद गर्न पाइन्छ । यो गाडीको बजार मूल्य २३ लाख भएपनि नाडा अटो शो भर विशेष छुट प्रदान गरिएको हो ।
नेपालका लागि यो गाडीको आधिकारिक बिक्रेता एलआरआर ग्रुपले नाडा अटो शो भर ग्राहकहरुको लागि विशेष छुट उपलब्ध गराएको हो । ७.७ किलोवाटको पोर्टेवल चार्जर, १ वर्षको बीमा र कर समेत अफरमा समोवश छ । सस्तो मूल्यमा राम्रो फिचर्स भएको गाडी खरिदको अवसर प्राप्त भएसँगै गाडी बुकिङ गर्नेहरु पनि दिनप्रति दिन बढिरहेको कम्पनीले जनाएको छ ।
ब्रम्बी ह्याचब्याकमा ३० किलोवाट पिक पावर भएको इलेक्ट्रिक मोटर छ । यसको रेटेड पावर १५ किलोवाट छ । चार जनाले यात्रा गर्न सक्ने ५ ब्रम्बी इलेक्ट्रिक ह्याचब्याकमा १७.२८ किलोवाट आवरको ब्याट्री दिइएको छ । उक्त ब्याट्रीलाई फुल चार्ज गर्दा २ सय ५ किलोमिटर गुडाउन सकिने बताइएको छ । यसमा २२७५ एमएम लामो ह्विलबेस पाउन सकिन्छ । रियर ह्विल ड्राइभ मोटर दिइएको कारमा अगाडि चक्कामा डिस्क र पछाडि चक्कामा ड्रम ब्रेक छ । गाडीमा पाँच वटा ढोका छन् ।
बीएडब्लुले सन् १९५१ देनि विभिन्न ब्रान्डका गाडीहरु उत्पादन गर्दै आइरहेको छ ।
Comments are closed.