बुटवल उद्योग वाणिज्य संघमा कसजू विजयी, केही पदमा मतदान, केही पद निर्विरोध

बुटवल । निजी क्षेत्रको छाता संस्था बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा उज्ज्वलप्रसाद कसजू निर्वाचित भएका छन् । संघको ६७औं वार्षिक साधारणसभा तथा २४औं अधिवेशनमा भएको मतदानबाट कसजूको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

अध्यक्षमा कसजूले ६६२ मत प्राप्त गरे भने प्रतिस्पर्धी हरिप्रसाद अर्यालको पक्षमा ४८३ मत प्राप्त भयो । अध्यक्षसहित कोषाध्यक्ष, सचिव तथा खुल्ला सदस्य र महिलामा मतदान भएको थियो भने अन्य पद सर्वसम्मत भएका छन् ।

prime

संघको वरिष्ठ उपाध्यक्षमा दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्षमा टंकप्रसाद गैरे, बाणिज्य उपाध्यक्षमा नरिश्वर शर्मा पौडेल, महासचिव पदमा बिमलराज भट्टराई निर्विरोध भएका छन् । कोषाध्यक्षमा नविन श्रेष्ठ र सचिवमा मुक्तिप्रसाद अधिकारी मतदानबाट निर्वाचित भएका छन् ।

खुल्ला सदस्यमा दीनेश श्रेष्ठ, दीपकप्रसाद चापागाई, कृष्ण श्रेष्ठ, मोह्मद जमिल खान, सुमोदमान सैंजू, टीकाराम बञ्जाडे, त्रिबिक्रम श्रेष्ठ विजयी भएका छन् । महिला सदस्यमा जमुना पौडेल र मीना प्रधान विजयी भए । एशोसियट सदस्यमा आनन्दप्रसाद ओझा, उद्योग सदस्यमा नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजू र संजय कलवार जयसवाल, वाणिज्य सदस्यमा काशिराम शर्मा पौडेल, मनोज ध्वजू, प्रकाशकुमार श्रेष्ठ र प्रतीक पोखरेल निर्विरोध निर्वाचित भए ।

बुटवल उद्योग वाणिज्य संघमा यस्तो छ कसजूको यात्रा

You might also like

Comments are closed.