बैतडी ।
जंगली भालुको आक्रमणबाट जिल्लाका दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका– ५ नेटाका ३२ वर्षीय महेशराम भुल र सोही ठाउँका ४० वर्षीया कमला चन्द छन् ।
शनिबार दिउँसो घर नजिकैको जंगलमा घाँस काट्न गएका बेला उनीहरुलाई भालुुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता बोधराज ओझाले जानकारी दिए । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
Comments are closed.