ब्युटी सिटीले गर्यो कम्प्युटर तालिममा सहभागीलाई प्रमाणपत्र वितरण

पोखरा । लायन्स क्लव अफ पोखरा ब्युटी सिटीले संचालन गरेको कम्प्युटर तालिममा सहभागी भई कोर्ष पुरा गरेका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको छ ।

गरिव तथा विपन्न परिवारका १७ जना प्रशिक्षार्थीले कोर्ष पुरा गरेकाले प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक तथा द्वितिय उपाध्यक्ष सवी शेरचनले जानकारी दिईन् । कार्यक्रमको सर्पोटेड वाई मा नोभा कम्प्युटर रहेको थियो । बेसिक तथा डिप्लोमा दुवै कोर्षमा प्रशिक्षार्थी थिए ।

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि वानका २०१९/०२० का गर्भनर ईन्दु लम्सालको थिम “राईज टु ईम्पावर”लाई आत्मसात गरी तालिम संचालन गरिएको २०१९/२०२० का अध्यक्ष शिला अधिकारीले जानकारी दिईन् । कम्प्युटरको प्रयोग बढ्दै गईरहेको समयमा यसको महत्व बुझी तालिम संचालन गरिएको अध्यक्ष मिना प्रधानको भनाई छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी लायन्सका कोचिफ एडभाईजर क्यान कास्कीका पूर्व अध्यक्ष चण्डीप्रसाद अर्यालले समय सापेक्ष रुपमा क्लवले गरेको काम को प्रसंसा गरे साथै आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्ने बताए । कार्यक्रममा बिशेष अतिथी एसिसटेन्ट चिफ एडभाईजर तथा मदर क्लवका एक्सटेन्सन चियरपर्सन मिलनथापाले कम्प्युटर तालिममा सहभागी प्रशिक्षार्थीले सिकेको सिपलाई प्रयोगमा ल्याउनुपर्ने बताईन् । कार्यक्रममा रिजन चियपर्सन सीता के.सी, जोन चियरपर्सन राधिका थापा, टुरिजम सिटीका अध्यक्ष निरज पन्त लगायतले बोलेका थिए ।

लकडाउन भन्दा पहिले नै तालिम सम्पन्न भएपनि लकडाउनका कारण प्रमाणपत्र अहिले वितरण गरिएको हो । मिना प्रधानको अध्यक्षताम भएको कार्यक्रमको संचालन सीता गुरुङले गरेकी थिईन् ।

You might also like

Comments are closed.