पोखरा । पोखरामाका सौन्दर्य व्यवसायीले व्यवसाय सञ्चालन गर्नपाउनुपर्ने माग सहित जिल्ला प्रशासन कार्यालय कास्कीमा शान्तिपूर्ण धर्ना दिएका छन् । कोभिड १९ का कारण पोखरामा रहेका सौन्दर्य व्यवसाय ब्यूटीपार्लर तथा सलुन सेवाहरु विगत ६ महिनादेखी पूर्ण रुपमा बन्द हुदा व्यवसायी मारमा परेको भन्दै आफ्नो व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सहित प्रशासनमा धर्ना सहित ज्ञापन पत्र समेत बुझाएका छन् ।
ब्यूटीपार्लर एसोसिएसन कास्कीको अगुवाइमा पोखरामा रहेर सौन्दर्य व्यवसाय ब्यूटीपार्लर र सलुन सेवा सञ्चालकहरुले मंगलवार जिल्ला प्रशासन कार्यालय कास्की अगाडी शान्तिपूर्ण धर्ना सहित कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाललाई सात बुंदे माग राखी ज्ञापनपत्र बुझाएको ब्यूटीपार्लर एसोसिएसन पोखराकी सचिव बबिता केसी कार्कीले जानकारी दिइन् ।
घरको कामबाट फुर्सद निकालेर व्यवसाय सञ्चालन गर्दै आफ्नो घरपरिवार धान्दै आइरहेको सन्दर्भमा विगत ६ महिनादेखी पूर्ण रुपमा बन्द हुदा निकै आर्थिक मार खेप्नुपरेको उनको भनाई छ । व्यवसाय बन्द हुँदा पनि बैंक र घरधनीले घरबहाल लिने गरेको हुदा व्यवसाय वन्द हुँदा निकै मार परेको व्यवसायीको भनाइ छ । पछिल्लो समय ब्यूटीपार्लर र सलुन चलाउनेहरुलाई प्रहरी प्रशासनबाट अमानविय ब्यवहार गर्ने र डर धम्की संगै आफुहरु त्रासमा समेत रहेको व्यवसायी बताउछन् ।
कोरोनाको महामारी पहिलेदेखीनै आफुहरुले सुरक्षित रुपमा व्यवसाय सञ्चालन गर्दै आइरहेको र अहिले स्वास्थ्य संगठनको मापदण्ड अनुसार सञ्चालन गर्न तयार रहदापनि प्रहरी प्रशासनले निकै दुख दिने गरेको भन्दै व्यवसायीले प्रशासन संग सात बुंदे माग प्रस्तुत गरेका छन् ।
स्वास्थ्य तथा सुरक्षा मापदण्ड अनुसार व्यवसाय सञ्चालन गर्ने गरी तत्काल सञ्चालन गर्न पाउनुपर्ने, बैंक वित्तीय संस्थाहरुको ब्याजमा सहुलियतको लागि सिफारिस र लकडाउन अवधिको ब्याज मिनाहा र पूर्णरुपमा खुल्ला नहुन्जेल किस्तामा सहुलियत पाउनुपर्ने, लकडाउनकाकारण पूर्ण रुपमा क्षती भएको सौन्दर्य सामाग्रीको मिति कटेको हुदा पुन सञ्चालनमा बाधा परेको र त्यसका लागी राहत पाउनुपर्ने, युवाहरु वढि मात्रामा संलग्न भएकाले विशेष राहतको ब्यवस्था हुनुपर्ने, ब्यूटिसियनबाट समुदायमा कोरोना फैलिएको भनेर अफवाह फैल्याइएको हुदा त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्र्नेे, स्थानिय तह तथा अन्य सरकारी निकायबाट लिइने अन्य बार्षिक कर तथा राजश्व एक वर्षका लागि छुट गराइनुपर्ने र बैंकबाट ऋण लिइ व्यवसाय सञ्चालन गरेकरुलाई कम्तिमा छ महिनाको किस्ता तिर्ने गरी ब्याजमा छुटको ब्यवस्था गराइनुपर्ने माग राखेका छन् ।
शान्तिपूर्ण धर्नामा पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव चिनु गुरुङको नेतृत्वमा ब्यूटीपार्लर एशोसियसन कास्की, नेपाल ब्यूटीसियन संघ गण्डकी प्रदेश, नेपाल युथ सलोन एशोसिएसन कास्की र नेपाल नाइ संघ गण्डकी प्रदेश र कास्कीका प्रतिनिधीहरुको उपस्थिती थियो ।
Comments are closed.