बीमाको सचेतना र प्रवर्द्धन निप्सको मुख्य उद्देश्य

बद्रीनाथ पौडेल, अध्यक्ष, निप्स पोखरा च्याप्टर

नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निप्स) पोखरा च्याप्टर बीमा क्षेत्रमा आबद्ध अफिसरहरुको संस्था हो । गण्डकी कार्यक्षेत्र रहेको संस्थाले निर्जीवन र जीवन बीमाको प्रवर्द्धन तथा प्रचारप्रसार लगायतमा काम गर्दै आइरहको छ । यसैक्रममा संस्थाले चैत ९ गते शुक्रबार १२औं स्थापना दिवस मनाउँदैछ । यसैक्रममा निप्स पोखरा च्याप्टर अध्यक्ष बद्रीनाथ पौडेलसँग आर्थिक आवाजले गरेको कुराकानीः

बीमा क्षेत्रमा तपाईंको प्रवेश किन र कसरी रह्यो ?

बीमा क्षेत्रमा म २०६४ सालबाट नै सक्रिय छु । २०७४ बाट भने कर्मचारी भएर नै काम गरिरहेको छु । बचत तथा सुरक्षाका लागि बीमा राम्रो भएकाले म यस क्षेत्रमा रुचीका साथ आबद्ध भएको हुँ ।

jutta mela

निप्समा कहिलेबाट आबद्ध हुनुभयो ?

निप्समा म कार्यसमिति सदस्यबाट प्रवेश गरेको हुँ । एक कार्यकाल कार्यसमिति सदस्य भएर काम गरेको अनुभव पछि सचिवको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त भयो । सचिव पछि अध्यक्ष भएर संस्थाको नेतृत्व गरिरहेको छ ।

निप्सले के कसरी काम गरिरहेको छ ?

निप्स पोखरा च्याप्टरमा बीमा क्षेत्रमा आबद्ध कर्मचारीहरु साझा संस्था हो । अफिसर भन्दा माथिका सबै साथीहरुलाई हामीले समेटेका छौं । निर्जीवन र जीवन बीमा दुवै क्षेत्रलाई समेटेर संस्था गठन भएकोछ । संस्थाले सबैको भावनाको समान प्रतिनिधित्व पनि गर्छ । संस्थाको मुख्य उद्देश्य भनेकै बीमा क्षेत्रमा कार्यरत कर्मचारीहरुको अनुभवलाई आदानप्रदान गर्ने, भाइचारा बृद्धि गर्ने, क्षमता अभिबृद्धिका कार्यक्रम गर्ने हो । सोही अनुसार हामीले काम गरिरहेका छौं । सामाजिक गतिविधिलाई पनि प्राथमिकतामा राखेका छौं ।

निप्सको स्थापना दिवस कसरी मनाउँदै हुनुहुन्छ ?

विभिन्न कार्यक्रम गरी हामीले निप्सको स्थापना दिवस मनाउँदै आइरहेका छौं । यसैक्रममा यो वर्ष पनि चैत ९ गते हामीले १२आौं स्थापना दिवस मनाउँदेछौं । यस पटक हामीले फुटसल प्रतियोगिता आयोजना गरी स्थापना दिवस मनाउने भएका छौं । आभासी भाइचारा अभिबृद्धि गर्न, स्वास्थ्यका लागि खेलको महत्व बुझाउन यसरी स्थापना दिवस मनाउन लागिएको हो । फुटसलमा उत्साहजक उपस्थिति हुने विश्वास पनि गरिएको छ ।

आगामी योजनाहरु के छन् ?

आआफ्नो पेशा तथा जिम्मेवारीमा व्यस्त साथीहरुको संस्था निप्स हो । हामी प्राय कार्यालयकै काममा व्यस्त हुनुपर्छ । यद्यपि समय व्यवस्थापन गरेर हामीहरु कुनै न कुनै गतिविधिमा आबाद्ध भइरहन्छौं । बीमा प्राधिकरण प्रादेशिक कार्यालय पनि पोखरामा छ । बीमा प्राधिकरणसँगको सहकार्यमा बीमा सचेतना अभियानमा पनि हाम्रो आबद्धता रहन्छ । क्षमता अभिबृद्धिका लागि गोष्ठी, सेमिनार लगायतका कार्यक्रम पनि आयोजना हुन्छ । सामाजिक उत्तरदायित्व बहन अन्तर्गत अन्य सामाजिक काममा पनि हाम्रो संलग्नता रहनेछ । कम्पनीमा महिनामा एउटा कार्यक्रम भइरहन्छ ।

संस्थाले गर्ने गरी तय भएका कार्यक्रमहरु केके छन् ?

केही कार्यक्रम हामी गरिसकेका छौं भने केही कार्यक्रम गर्ने तयारीमा छौं । हामीले कार्यसमितिका सार्थीहरुलाई संयोजक बनाएर कार्यक्रमको जिम्मेवारी पनि दिएका छौं । तय भएका कार्यक्रमहरु मध्ये जीवन तथा निर्जीवन का विषय विज्ञहरुको संलग्नतामा आवश्यकता अनुसार तालिम, निप्समा आवद्ध सम्पूर्ण सदस्यहरुलाई समावेश गरी छलफल तथा अन्तरक्रिया, जीवन मा आवद्ध प्रदेश र क्षेत्रिय प्रमुखहरुसंग जीवन का समस्या, चुनौती र समाधानका उपायका बारेमा छलफल, निर्जीवन मा आवद्ध प्रदेश तथा क्षेत्रिय प्रमुखहरुसंग निर्जीवन का समस्या, चुनौती र समाधानका उपायका बारेमा छलफल गर्ने, वार्षिकोत्सवमा फुटसल खेल्ने, मित्र मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने, वनभोज, भूकम्प स्मरण दिवसका दिनमा प्रभातफेरी कार्यक्रम तथा अन्तरक्रिया, दिवसको अवसरमा नेपाल प्राधिकरणसंग समन्वय गरी सचेतना आयोजना गरिने, स्मारिका प्रकाशन गर्ने लगायतका कार्यक्रम गरिरहेका छौं र आगामी दिनमा पनि गर्नेछौं ।

बीमाको सचेतना बृद्धि हुन नसकेको गुनासाहरु पनि आउँछन् । यसमा तपाईंको धारणा के छ ?

बीमाको दायरा बढाउनु पर्छ भनेर हामीहरु पनि आफ्नो ठाउँबाट लागेका छौं । यो अभियानमा नेपाल बीमा प्राधिकरणले पनि आफ्नो ठाउँबाट भूमिका खेल्दै आइरहेको छ । सबै कम्पनीहरु पनि यो अभियानमा सक्रिय छन् । निप्सले पनि यो अभियानलाई प्राथमिकतामा राख्दै बीमाको महत्व बुझाउने अभियानमा छ ।

नियामक निकायको काम प्रति सन्तुष्ट हुनुहुन्छ ?

बीमा क्षेत्रको नियमन नेपाल बीमा प्राधिकरणले गरिरहेको छ । पहिलो बीमा समिति हुँदा र प्राधिकरण हुँदा पनि केन्द्रबाट मात्रै बीमाको नियमन हुँदै आएको थियो । प्रदेशस्तरमा पनि बीमा प्राधिकरण सक्रिय भएपनि हामीसँग सहकार्य बढेको छ । काम गर्न पनि सजिलो भएको छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

निप्सको स्थापनो दिवसको अवसरमा सर्बप्रथम म सबैलाई शुभकामना व्यक्त गर्दछु । बीमाको महत्व सबैले बुझ्न जरुरी छ । बचत तथा सुरक्षाका लागि आफू र आफ्नो सम्पत्तीको बीमा अनिवार्य रुपमा गर्नका लागि पनि सम्पूर्णमा अनुरोध गर्दछु ।

You might also like

Comments are closed.