बेनेली नेपालको मोटो भ्लगर सम्मेलन सम्पन्न

काठमाडौं । बेनेली नेपालको आयोजनामा मोटो भ्लगर सम्मेलन सम्पन्न भएको छ । शनिबार सम्पन्न सम्मेलनमा ४० भन्दा धेरै मोटो भ्लगर सहभागी थिए ।

सम्मेलनमा सडक सुरक्षा, गैर कानुनी परिमार्जहरु वारे जानकारी गराइएको थियो । कार्यक्रममा T52s, TNT600I, 302S, TRK251,Panarea 125 लगायतका फ्यागसिप मोडलहरु पनि प्रर्दशन गरिएको थियो ।

बेनेलीको स्थापना इटालीको पेसारोमा टेरेसा बोनी बेनेलीले स्थापना गरेका हुन् । इटालिय मोटरसाइकलको २ पुराना ब्राण्ड मध्य बेनेली पनि एक हो । स्पोर्टस र रोड वाइक मात्र नभई बेनेलीले प्रिमियर स्कुटर पनि उत्पादन गरिरहेको छ । ९० भन्दा धेरै देशमा बेनेलीका मोटर साइकल तथा स्कुटर पुगेका छन् ।

MANASLU

नेपालका लागि बेनेली र किबे ब्राण्डको आधिकारिक बितरक केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा.लि हो । केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा.लि सन् २०१५ देखि संचालनमा आएको हो । थ्रि एस सुविधा सहित बेनेलीको २६ वटा आउटलेट संचालनमा छन् ।

You might also like

Comments are closed.