बेनेलीको दशैं अफर, किन्नु अघि, किन्दा र किनेपछि पनि छुटैछुट

काठमाडौं । बेनेली मोटरसाइकलका लागि नेपालको एकमात्र आधिकारिक बिक्रेता केटिएम इन्टरनेशनल ट्रेडिङ प्रा.लि.ले दशैं, तिहार र छठको अवसर विशेष छुटसहितको अफर ल्याएको छ । कम्पनीले ‘थ्रीएक्स डिस्काउन्ट फिएस्टा अफर’ ल्याएको हो । उक्त अफर बेनेलीका सबै मोटरसाइकलमा लागु हुनेछ ।

अफर अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले, किन्दा र किने पछि गरी तीन पटकसम्म छुट प्राप्त गर्न सकिन्छ । अन्य विभिन्न अफरसमेत प्राप्त गर्न सकिनेछ । पहिलो इ–डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले नै घरैबाट समेत क्युआर कोड स्क्यान गर्न सकिन्छ । मोटरसाइकल किन्न चाहने वा नचाहनेले समेत क्युआर कोड स्क्यान गर्न सक्छन् । बेनेलीको सोरुममै पुगेर पनि स्क्यान गर्न सकिन्छ । यसरी स्क्यान गर्दा १ लाख रुपैयाँसम्म जित्ने अवसर प्राप्त हुनेछ ।

मोटरसाइकल किन्ने निश्चित भइसके पछि वाक इन डिस्काउन्ट अफर प्राप्त हुनेछ । ग्राहकलाई स्क्र्याच कार्ड प्रदान गरिने छ र सो कार्डबाट समेत १ लाख रुपैयाँ सम्म जित्न सकिने छ ।

jutta mela

त्यसैगरी मोटरसाइकल किनिसके पछि ग्राहकलाई ५ हजार रुपैयाँ सम्मको अमेजिङ गिफ्ट प्रदान गरिने छ । यसवापत हेल्मेट र अन्य विभिन्न गिफ्ट प्रदान गरिने छ । विभिन्न प्रकारको गेम खेलाएर ग्राहकलाई यस्ता गिफ्ट प्रदान गरिने छ । इटालीमा निर्मित बेनेलीलाई प्रा.लि.ले बिगत ६ वर्षदेखि नेपाल भर बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले बिक्री पछिको सेवालाई प्राथमिकता दिदै बाइक बिक्री गर्दै आइरहेको सेल्स हेड विवेक सिन्घालले जानकारी दिए ।

You might also like

Comments are closed.