काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृतमा शैलेन्द्र वादे श्रेष्ठ नियुक्त भएका छन् ।
फाइनान्सको सञ्चालक समितिको बैठकको निर्णय अनुसार श्रेष्ठलाई २०८१ पौष १ गतेबाट लागु हुने गरि कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।
बैंकिङ क्षेत्रमा १५ वर्षभन्दा बढिको अनुभव संगालेका श्रेष्ठ बेस्ट फाइनान्स आउनु अघि कावेली विकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए भने हाल उनी फाइनान्सको सहायक महा प्रबन्धकको जिम्मेवारीमा थिए ।
फाइनान्सका सिईओ उमेशसिंह भण्डारीको कार्यकाल समाप्त भएपछि बोर्डले श्रेष्ठलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको जनाएको छ ।
Comments are closed.