बेष्ट फाइनान्सबाट सिईओ तोयराज अधिकारी बाहिरिए

 

काठमाडौं ।  बेष्ट फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका तोयराज अधिकारी जिम्मेवारीबाट बाहिरिएका छन् ।

तोकिएको सेवाअवधी सकिएपछि उनि आफैं यही कार्तिक १७ गतेदेखी जिम्मेवारीबाट बाहिरिएका हुन् । कुशल बैंकरको छबी बनाएका अधिकारीले बैकिङ क्षेत्रमा करिब २ दशकको अनुभव हासिल गरेका छन् ।

माछापुच्छ्रे बैंकबाट बैकिङ करियर शुरु गरेका उनी तत्कालिन कास्की फाइनान्सको सिइओ, तत्कालीन कामना विकास बैंकको सिइओ हुँदै बेष्ट फाइनान्सको सिइओ बनेका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका अधिकारीले कानुनमा स्नातक समेत गरेका छन् । अधिकारीसँग देशभित्र र बाहिरका विभिन्न बैकिङ तालिमहरुमा सहभागीता जनाएको अनुभव छ ।

You might also like

Comments are closed.