काठमाडौं । यात्रा, अफिस वा विद्युत नभएको ठाउँमा लामो समय बिताउँदा मोबाइल, ट्याब्लेट, इयरबड्स, स्मार्ट वाच लगायतका उपकरण चार्ज राख्नु चुनौतीपूर्ण हुन सक्छ। यस्ता अवस्थाहरूमा पावर बैंक निकै उपयोगी सावित हुन्छन्। नेपाली बजारमा उपलब्ध भरपर्दो र उच्च प्रदर्शनयुक्त पावर बैंकहरूको कुरा गर्दा शाओमी (Xiaomi) अग्रस्थानमा पर्छ। विश्वस्तरमा प्रविधिमा अग्रणी कम्पनी शाओमीले उपयोगकर्ताका आवश्यकता अनुसार विभिन्न प्रकारका सुविधा सम्पन्न पावर बैंकहरू उपलब्ध गराउँदै आएको छ, जुन नेपाली बजारमा रु. ३,४९९ देखि रु. ४,९९९ को मूल्य दायरामा पाइन्छन्।
शुरुवात गरौं Xiaomi Power Bank 4i 10000 mAh बाट। यो पावर बैंक स्लिम, हल्का र आकर्षक डिजाइनमा क्लासिक ब्ल्याक, अलिभ ग्रिन र कोरल पर्पल रंगमा उपलब्ध छ। यसमा २२.५W को फास्ट चार्जिङ सुविधा, तीन वटा उपकरण एकैपटक चार्ज गर्न सकिने क्षमता, PD क्विक चार्ज ३.०, र दुईतर्फी चार्जिङ सपोर्ट छ। यसमा USB-C, USB-A आउटपुट पोर्ट र टाइप-C इनपुट पोर्ट छन्। १८W चार्जिङमार्फत यसलाई ४ घण्टामा पूर्ण चार्ज गर्न सकिन्छ। यसको मूल्य रु. ३,४९९ मात्र रहेकोले विद्यार्थी तथा पेशागत व्यक्तिहरूका लागि उपयुक्त विकल्प हो।
त्यसपछिको अर्को उत्कृष्ट विकल्प हो Xiaomi Pocket Power Bank 10000 mAh, जुन इन्टिग्रेटेड केबलसहितको पकेट-फ्रेन्ड्ली डिजाइनमा उपलब्ध छ। यसमा पनि २२.५W को फास्ट चार्जिङ, तीनवटा उपकरण चार्ज गर्ने सुविधा, PD क्विक चार्ज ३.०, र USB-A, USB-C तथा इन्टिग्रेटेड केबल पोर्टहरू छन्। यो पावर बैंक १८W चार्जिङमार्फत ३.५ घण्टामा पूर्ण चार्ज हुन्छ। आकर्षक मरुन र निलो रंगमा उपलब्ध यो पावर बैंकको मूल्य रु. ४,२९९ मात्र छ।
यदि तपाईलाई बढी क्षमताको पावर बैंक चाहिन्छ भने Redmi Power Bank 20000 mAh उत्कृष्ट विकल्प हो। यसमा डुअल इनपुट र आउटपुट पोर्ट, १२ तहको सर्किट सुरक्षा (जस्तै तापक्रम नियन्त्रण, सर्ट सर्किट, ओभर/अन्डर भोल्टेज सुरक्षा) रहेको छ। यसमा प्रयोग गरिएको लिथियम पॉलिमर ब्याट्री सुरक्षित र प्रभावकारी हुन्छ। लामो यात्रा गर्ने वा धेरै उपकरण प्रयोग गर्ने व्यक्तिका लागि उपयुक्त यो पावर बैंक ब्ल्याक र ह्वाइट रंगमा रु. ४,४९९ मा उपलब्ध छ।
अन्तिममा, शाओमीको सबैभन्दा शक्तिशाली मोडल Xiaomi Power Bank 4i 20000 mAh हो। यसमा ३३W को सोनिक चार्जिङ, दुईतर्फी फास्ट चार्जिङ, तीनवटा उपकरण एकैपटक चार्ज गर्न सकिने क्षमता र लो पावर डिस्चार्ज मोड उपलब्ध छ। यसमा पनि १२ तहको सुरक्षा प्रणाली, टाइप-C इनपुट, टाइप-C तथा डुअल USB-A आउटपुट पोर्ट छन्। १८W चार्जिङ प्रयोग गर्दा यसलाई ६.९ घण्टामा पूर्ण चार्ज गर्न सकिन्छ। यो पावर बैंक जेट ब्ल्याक, नाइट्रो ग्रिन र टर्बो ब्लू रंगमा रु. ४,९९९ मा उपलब्ध छ।
समग्रमा हेर्दा, शाओमीका पावर बैंकहरू आधुनिक प्रयोगकर्तालाई लक्षित गरी बनाइएका छन्। तिनीहरूमा द्रुत चार्जिङ, दीगो निर्माण गुणस्तर, मल्टी-डिभाइस कम्प्याटिबिलिटी र उच्च स्तरको सुरक्षा सुविधा रहेका छन्। यी सबै विशेषताले शाओमी पावर बैंकलाई नेपाली बजारमा उत्कृष्ट र भरपर्दो विकल्प बनाएको छ।
Comments are closed.