बेष्ट फाइनान्स र एससिटी नेटर्वकबीच चिप बेस एटिएम कार्ड सेवा सम्झौता

 

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी र एससिटी नेटर्वक कम्पनीबीच चिप बेस एटिएम कार्ड सेवा प्रदान गर्ने सम्बन्धी सम्झौंता भएको छ । सम्झौतामा बेष्ट फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी र एससिटी नेटर्वक कम्पनीको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत दीपेश मास्केले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि अब एससिटी नेटर्वकसँगको सहकार्यमा सबै प्राविधिक तयारी पुरा भएपछि बेष्ट फाइनान्सले छिट्टै आफ्ना ग्राहकलाई चिप बेस एटिएम कार्ड प्रदान गर्ने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी बताए ।

एससिटी नेटर्वकका कामु प्रमुख कार्यकारी अधिकृत दीपेश मास्केले बेष्ट फाइनान्ससँगको यो सहकार्यले कम्पनी उत्साही भएको बताउँदै उत्कृष्ट सेवा प्रदान गर्न तत्परकताका साथ लाग्ने बताए ।

You might also like

Comments are closed.