सडक दुर्घटनाः विश्वमा ५ प्रतिशतले घट्दा नेपालमा ७५ प्रतिशतले किन बढ्यो ?

भगवती सेढाई, विज्ञ सल्लाहकार, नासा फाउन्डेसन नेपाल

नेपालमा युवाहरुको मृत्युको मुख्य कारण नै सडक दुर्घटना बनेको छ । विश्व स्वास्थ्य संगठनले सन् २०२१ मा सडक दुर्घटनाका कारण ८ हजार ४७९ को मृत्यु भएको तथ्यांक प्रस्तुत गरेको छ । सन् २०१३ को तुलनामा नेपालमा यो दर ७५ प्रतिशतले बढेको छ भने विश्वमा भने यो दर ५ प्रतिशतले घटेको छ । यसबाट पनि नेपालमा यो क्षेत्रमा कार्य हुन नसकेको प्रमाणित हुन्छ ।

यो समयमा विश्वका १०८ देशले यसरी हुने मृत्यु २ देखि ५० प्रतिशतले घटाएका छन् । तर नेपालमा भने बाँच्न पाउने आधारभूत अधिकार समेत सडक दुर्घटनाकै कारण हनन् भएको छ । तत्कालीन भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले ११ माघ २०७९ मा गठन गरेको यातायात क्षेत्रका समस्या समाधानका लागि सुझाव दिन गठित कार्यदलले आफ्नो प्रतिवेदन यातायात व्यवस्था विभागमा बुझाइसकेको छ भने पूर्वसचिव शरदचन्द्र पौडेल संयोजक रहेको उक्त कार्यदलको प्रतिवेदनअनुसार नेपालमा ८८.३५ प्रतिशत दुर्घटना मानवीय कारण हुने गरेका छन् ।

सन् २०३० सम्म सडक दुर्घटनाबाट हुने मृत्युलाई आधा गर्न बनाइएको १२ आधार विभिन्न छन् । ती आधारलाई पालना गराउने तर्फ सरकारले पहल गर्नुपर्छ । यसका लागि सडक प्रयोगकर्ता समेत सचेत हुनुपर्ने अवस्था छ ।

jutta mela

सडक सुरक्षाका लागि आवश्यक राष्ट्रिय योजना बनाउने, सडक सुरक्षा मापदण्ड अनुसारका सडक बनाउनु पर्ने, सुरक्षित सवारी साधन हुनुपर्ने, हाल सडकमा गुडिरहेका सवारी साधनको  संख्यामा जति स्पिडमा गुडिरहेका छन् त्यसलाई कम गति गर्ने, हालको अवस्थामा मोटरसाइकलको पछाडि बस्ने मध्ये आधा यात्रुले समेत हेल्मेट प्रयोग गर्ने, सिटबेल्ट प्रयोग गर्ने, मापसे गरेर सवारी चलाउने संख्या आधा घटाउने, मोबाइल फोन कसैले प्रयोग नगर्ने र दुर्घटना भएको अवस्थामा पनि उचित उपचार र उद्दारको व्यवस्था गर्नुपर्ने आदि कार्य गरेमा सडक दुर्घटना घटाउन सहयोग पुग्ने छ ।

(सेढाई सडक सुरक्षामा पिएचडी स्कलर हुन् ।)

(‘सेफ रोड एण्ड सस्टेनेवल ट्रान्स्पोर्ट’ बारेमा बुधबार आयोजित छलफल कार्यक्रममा सेढाईले राखेको विचारको सम्पादित अंश)

You might also like

Comments are closed.