भक्तपुरका इन्जिनियर दुवालले नेपालमा सुरु गरे वातावरणमैत्री इको प्यानल

काठमाडौं । इको प्यानलको अर्को नाम हो, इन्जिनियर कृष्णभक्त दुवाल । उनकै नेतृत्वमा नेपालमै पहिलो पटक इको प्यानल उत्पादनको शुभारम्भ भएको थियो । इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । दुवाल नेपाल इको प्यानलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सिइओ हुन् ।

भक्तपुरको रैथाने नेवार समुदायमा जन्मीएका दुवाल पारिवारिक रूपमा इँटा उद्योगमै संलग्न छन् । उनंको बसाई भक्तपुर नगरपालिका महालक्ष्मीस्थान क्षेत्रभित्र छ । उनले इन्जिनियरिङ अध्ययनका लागि ललितपुरको पुल्चोकस्थित पुल्चोक इन्जिनियरिंग कलेजबाट नवीकरणीय ऊर्जामा स्नातक र स्नातकोत्तर तहसम्म अध्ययन पूरा गरेका छन् । साथसाथै उहाँं चीनको उहानबाट विद्यावारिधी पनि गर्दैछन् ।

२०७२ सालको गोर्खा भूकम्पले नेपालमा पुनःनिर्माणमा प्रयोग हुने ढुङ्गा, इँटा, बालुवा, गिटी, काठ आदिको अभाव अनुभवपछि, उनले वातावरणमैत्री तथा भूकम्प प्रतिरोधी विकल्प खोज्न थाले । अन्तर्राष्ट्रिय अध्ययन भ्रमण—चीन, इटाली, जापान, बहराइन, जर्मनी लगायत देशहरूमा गरी “प्रि–फ्याब” निर्माण प्रविधिको अनुभव सँगाले । त्यसपछि स्थापना भयो नेपालमै प्हिलो पटक भक्तपुरमा नेपाल इको प्यानलको उत्पादन कारखाना ।

भूकम्पपछि “गोर्खा इको प्यानल“ उद्योगमा प्रारम्भिक भूमिकामा रहे । पछि आफ्नै ब्रान्ड नेपाल इको प्यानल भक्तपुरको चाँगुनारायण नगरपालिका झौखेलमा स्थापना गरे । १० रोपनी जग्गामा कारखाना संचालन गर्दै उत्पादन सुरु भएको छ ।

उद्योगमा करिब रु २० करोड पनि लगानी गरी उत्पादन र बजार विस्तारका लागि ७७ जिल्लामा डिलर नेटवर्क विस्तार गर्ने लक्ष्यमा छन् दुलाल । मासिक कारोबार रु ६ करोडसम्म हुने आकलन छ उनको ।

इको प्यानल ‘ड्राइ–वाल’ हो—इँटा- ब्लकभन्दा हलुका र कम घनत्व (६५० किलो/म³), इँटा वा ब्लकको १,८०० किलो/म³ भन्दा निकै कम । निर्माणमा पानी प्रयोग हुँदैन । भूकम्प प्रतिरोधी, ध्वनि शोषण गर्ने एवं हलुका भएकोले लान पुरयाउन सजिलो हुन्छ यो सामान । त्यही कारण हिमालदेखि पहाडसम्म पनि प्रख्यात छ उहाँंको इको प्यानल । जहाँं यातायातको राम्रो सुविधा छैन, त्यस्ता ठाउँंका लागि पारबहनको हिसावले स्वर्ग यो यो सामान अर्थाृत् नेपाल इको प्यानल ।

उद्योगमा विश्वविद्यालय तहका ३ जना विद्यार्थी इंटर्न साथीका रूपमा, साथै ५ प्राविधिक र करिब २५ कर्मचारीहरू सक्रिय छन्, जसमध्ये १५ जना विशेष प्यानल जडानमा विशेषज्ञ छन् उनको कारखानामा ।

अध्ययन अनुसन्धानमा केन्द्रित दुलालसँंग अध्यापनको पनि लामो अनुभब छ । दुलाल दसक बढी समयदेखि नेपाल इन्जिनियरिङ्ग कलेज दुवाकोट चाँगुनारायण भक्तपुरमा उपप्राध्यापक तथा ख्वप कलेज देकोचा भक्तपुरमा वातावरण विज्ञान विषयमा अध्यापन गराउदै आएका छन् ।

युवा व्यवसायीका रूपमा मान्यता प्राप्त, विभिन्न माध्यमबाट सम्मान समेत ग्रहण गरिसकेका उनी निर्माण प्रविधिमा दीगोपन, अनुसन्धान र सामाजिक उत्तरदायित्वमा जोडदार रुपमा पुरा गर्छन् । युवालाई स्वदेशमै अवसर छ भनेर विश्वास दिलाएका दुलाले युवा वर्गलाई पनि उद्यमशीलतामा सहभागी गराउँदै अग्रसर गराउदै आएका छन् । इन्जिनियर कृष्णभक्त दुवाल एक दक्ष नवप्रवर्तनशील इन्जिनियर, उद्यमी, समाजसेवी र शिक्षक हुन्, जसले नेपालमा वातावरणमैत्री निर्माण प्रविधि— इको प्यानललाई एउटा सफल ब्रान्डका रूपमा विकास गरेका छन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.