तनहुँ । भानु नगरपालिकाको सौजन्यमा जिल्ला ट्राफिक कार्यालय, तनहुँलाई २७ थान ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरिएको छ ।
नगरपालिका भित्रका सडकहरुमा राख्नका लागि ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरिएको नगरपालिकाका सुचना तथा प्रविधी अधिकृत अजन्ता ढकालले जानकारी दिइन् ।
कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय,तनहुँका प्रमुख रेशम बहादुर रानाभाटले होर्डिङ बोर्ड राख्नुको उद्देश्य बारे प्रकाश पारे । नगर प्रमुख उदयराज गौलीले यसको आवश्यकता र महत्वको बारे वोलेको थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डे, इलाका प्रहरी कार्यालय,भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक प्रकाश भुषाल, नगरकार्यपालिका सदस्य देव बहादुर भुजेल लगायत उपस्थित थिए ।
Comments are closed.