तनहुँ ।
पिसिआर रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई वडा अध्यक्ष कै नेतृत्वमा नजरवन्दमा राखेपछि भानु नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले आपत्ती जनाएका छन् । भानु नगरपालिका ११ मा सो घटना भएको हो ।
घटनामा संलग्न वडा अध्यक्ष तथा टोल सुधारका अध्यक्षलाई कारवाहीको माग गर्दै उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । यस घटनामा संलग्नलाई कारवाही नगरिएमा काम नै ठप्प पार्ने चेतावनी उनिहरुले दिएका छन् ।
Comments are closed.