व्यवस्थित पोखराका लागि आफ्नो ठाउँबाट पहल गर्छुः केसी

पोखरा । पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा उम्मेदवारी दिएका व्यवसायी भरत केसीले व्यवस्थित पोखराका लागि आफूले सक्दो पहल गर्ने बताएका छन् । विभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका केसीले आज र भोलि हुने संघको ३३औं महाधिवेशनका लागि कार्यसमिति सदस्य पदमा मनोनयन दर्ता गरेका छन् ।

महानगरपालिकासँग सहकार्य गरेर व्यवस्थित पोखरा बनाउने अभियानमा निजी क्षेत्रमा रहेर आफूले प्रभावकारी भूमिका खेल्ने उनले बताए । ‘चालु अवस्थामा रहेको पोखरा विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानान्तरण भएपछि त्यो ठाउँलाई व्यावसायिक र पोखराको हितमा प्रयोगमा ल्याउनका लागि पहल गर्नुपर्नेछ,’ केसीले भने, ‘पार्किङ लगायत व्यवसायीका अन्य समस्या समाधानमा मेरो योगदान हुनेछ ।’

उद्योगी, व्यवसायीहरुको हकहितको पक्षमा आफूले काम गर्ने बताउँदै केसीले उपभोक्ताहरुले झेल्न परेका ट्राफिक जाम लगायतका समस्या समाधान गर्न संघलाई समेत घच्घच्याउने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

jutta mela

सम्पूर्ण उद्योगी, व्यवसायीहरुको साथ र सहयोग पाउनेमा आफू ढुक्क रहेको केसीले बताए । ‘संघलाई उद्योगी व्यवसायीमैत्री बनाउने अभियानमा लाग्नका लागि कार्यसमितिमा रहेर योगदान गर्ने मेरो चाहना पुरा गर्न सबैको साथको अपेक्षा गरेको छु,’ उनले भनेका छन् । बिजी इलेक्ट्रोनिक्सका सञ्चालक केसी विभिन्न व्यापार व्यवसायमा आबद्ध छन् ।

You might also like

Comments are closed.