आर्थिक मुद्धालाई पहिलो प्राथमिकतामा राखेर काम गरेका छौँ

भरतराज आचार्य, कोषाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघले स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा हुने व्यापार मेलाका लागि हामीले मेला समिति गठन गरेर मेला आयोजना गरेका छौं । समितिले मेलालाई सफल बनाउन सक्रियताका साथ कामहरु गरेको छ ।

अहिलेको चुनौतीपूर्ण उद्योग, व्यवसायको अवस्थालाई महासंघले मात्रै गम्भीर रुपमा लिएर समाधान हुँदैन । मुलुकको अर्थतन्त्र उकास्न सरोकारवाला निकायले गम्भीर भएर सोच्नुुपर्छ । हामीले आर्थिक मुद्धालाई पहिलो प्राथमिकतामा राखेर काम गरेका छौं । यसले व्यवसायीमैत्री वातावरण सिर्जना हुनेछ भन्ने हाम्रो अपेक्षा छ । आर्थिक क्षेत्र चलायमान बनाउन, व्यापार, व्यवसायमा लगानी गर्न आवश्यक छ ।

महासंघबाट हुने व्यापार मेलाले व्यवसायीबाट सल्लाह सुझाव सङ्कलन गर्नेछ । सो अनुसारको वातावरण निर्माणमा सरकारलाई अनुरोध गर्नेछौं । व्यापार मेलाले उद्योगी, व्यवसायीको हितमा सघाउ पुग्नेछ । मेलालाई नयाँ–नयाँ व्यवसायबारे जानकारी लिने, बुझ्ने र सिक्ने थलोको रुपमा लिएका छौं । मेलाले व्यवसायी र उपभोक्तालाई जोड्नेछ । उद्यममा लाग्नेहरुले यहाँबाट धेरै कुरा सिक्ने, बुझ्ने अवसर पनि प्राप्त गर्नेछन् ।

नेपाल उद्योग वाणिज्य महासंघ निजी क्षेत्रको छाता संगठन हो । नेपालको व्यावसायिक जगतमा सक्रिय रुपमा लगानी गरेका सबै व्यवसायीको छाता संगठनको रुपमा रहेको छ । व्यावसायिक वातावरण सिर्जना गर्ने, व्यापार व्यवसायलाई चलायनमान बनाउन विभिन्न कार्यक्रम महासंघले गर्दै आइरहेको छ । नेपालको अर्थतन्त्र उकास्न महासंघले महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ । व्यवसायीको हकहितका लागि सम्बन्धित निकायमा हामीले आवाज उठाउँदै आएका छौँ । नयाँ रोजगारी, उद्यामशीलताको विकास गर्ने कार्य गरेका छौँ । व्यवसायीको हकहितका लागि केके गर्ने भन्ने सन्दर्भमा सल्लाह, सुझाव, छलफल, अन्र्तक्रया लिने कार्य भइरहेको छ ।

नेपालको राज्य पुनर्संरचना संघीयतामा जानुभन्दा अगाडिनै नेपाल उद्योग वाण्ज्यि महासंघले  क्षेत्रीय, जिल्ला, नगर, विषयगत, बस्तुगत, बहुर्राष्ट्रिय, चेम्बरर्स, कमर्श जस्ता विभिन्न संघ संस्था मार्फत आफ्नो विकेन्द्रीकरणको प्रर्कियालाई अबलम्बन गरिसकेको थियो । मुलुक संघीयतामा गइसकेपछि भने त्यसलाई थप प्रभावकारी बनाउन केही नीति, कानुन, प्रक्रियाबारे संघलाई केही अधिकार बाँडफाँड भएको छ । सम्बन्धित निकायमा संगठित रुपमा सक्रिय उपस्थिति जनाउन महासंघले ७ वटै प्रदेशमा प्रदेश च्याप्टर स्थापना गरेको छ । महासंघमा प्रदेश, जिल्ला, नगर, उद्योग वाणिज्य संघ छन् । प्रदेश, स्थानीय तहसँग समन्वय गरेर विभिन्न कार्यहरु भइरहेका छन् ।

सरकारलाई हामीले औद्योगिक, व्यवसाय, श्रम, करसंग सम्बन्धित नयाँ नीतिमा सल्लाह सुझाव दिइरहेका छौँ । महासंघमा आबद्ध रहेका विभिन्न समितिहरु निरन्तर क्रियाशील छन् । संघ, प्रदेश र स्थानीय तहका सरकारलाई व्यवसायीमैत्री ऐन नियम निर्माण गर्न सल्लाह, सुझाव दिने काम महासंघबाट भइरहेको छ । स्थानीय तहमा मेलमिलाप केन्द्रमार्फत समाधान हुने हिसाबले पनि काम भएको छ । निजी क्षेत्रको हकहितमा महासंघ सधैं सक्रिय छ ।

You might also like

Comments are closed.