बाल अस्पतालका लागि भाटभटेनीले ४१ करोड सहयोग गर्ने

काठमाडौं । डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि भाटभटेनीले सहयोग गर्ने भएको छ ।

भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले अस्पतालका लागि ४१ करोड रुपैयाँ सहयोग घोषणा गरेका हुन् ।

jutta mela

डा. कोइरालाको नेतृत्वमा काठमाडौं इन्स्टिच्युट अफ हेल्थ साइन्स बन्दैछ । काठमाडौंसहित देशभर अस्पतालहरु निर्माणको अभियानमा उनी छन् । अस्पतालका लागि सहयोग आउने क्रम जारी छ ।

डा. कोइरालाको नेतृत्वमा सञ्चालनमा आउन लागेको अस्पतालका लागि सहयोग गर्न पाउँदा गौरव महसुस भएको भाटभटेनीले जनाएको छ ।

You might also like

Comments are closed.