महालक्ष्मी लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा भट्टराई पुनः नियुक्त

 

काठमाडौं ।  महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको  प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार भट्टराई पुनः नियुक्त भएका छन् ।

महालक्ष्मी लाईफ इस्योरेन्सको मंसिर २३ गते शुक्रबार बसेको  संचालक समितिको  ६६ औँ  बैंठकले वर्तमान प्रमुख कार्यकारी अधिकृत भट्टराईलाई पुनः नियुक्ति गरेको हो ।

jutta mela

उक्त बैठकले वर्तमान प्रमुख कार्यकारी अधिकृत भट्टराईलाई २०७९ पौष १७ गतेदेखि लागु हुने गरी ४ बर्ष अवधिका लागि पुनः नियुक्ति गर्ने निणर्य गरेको हो ।

You might also like

Comments are closed.