एमालेको गढमा किन पछि परे भीम कार्की ?

पोखरा । प्रदेश सभा निर्वाचन अन्तर्गत कास्की क्षेत्र नं. २ (१) मा मतगणना जारी छ । उक्त क्षेत्रलाई एमालेले जसै जित्ने लिस्टमा राखेको थियो । जुन क्षेत्रलाई एमालेको गढ मानिन्छ ।

तर, जारी मत गणनामा एमाले उम्मेदवार भीम कार्की निरन्तर पछाडि छन् । प्राप्त मत देख्दा स्वयम एमाले नेताहरुसमेत आश्चर्यमा परेका छन् ।

jutta mela

पछिल्लो अपडेट अनुसार उक्त क्षेत्रमा राप्रपाका विजय भण्डारीले २१३९ मत प्राप्त गर्दा एमालेका भीम कार्कीले १३७३ मत प्राप्त गरेका छन् ।

माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले ८०५ मत पाएका छन् भने लौरोका चेतबहादुर महतल ५२८ मत प्राप्त गरेका छन् ।

You might also like

Comments are closed.