काठमाडौं । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको डिष्ट्रिक्ट गभर्नरमा भीमलाल पौड्यालले उम्मेदवारी प्रस्तुत गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उनलेे उम्मेदवारी प्रस्तुत गरेका हुन् ।
कार्यक्रममा बोल्दै पौडेलले लामो समयदेखि लायन्स मार्फत समाजसेवाको क्षेत्रमा सक्रिय हुन पाउँदा गौरव महसुस भएको बताए । आगामी लायन वर्षमा सबैको साथ र सहयोगबाट डिष्ट्रिक्टको नेतृत्व गर्ने उनले बताए । उनी सन् २००८ देखि लायन्समा सक्रिय छन् ।
डिष्ट्रिक्टको फस्ट भाइस गभर्नरमा चण्डी अर्यालले र सेकेन्ड भाइस गभर्नरमा धनीराम बरालले उम्मेदवारी प्रस्तुत गरेका छन् ।
पिडिजी तथा पोखरा महानगरका मेयर धनराज आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा एलसिआइ एरिया लिडर राजन लम्साल, डिष्ट्रिक्ट गभर्नर महेन्द्र पौडेल, पिएमसिसि गिरिधारी शर्मा लगायतले बोलेका थिए ।
डिष्ट्रिक्टको पहिलो कन्भेन्सन चैत २५ गते काठमाडौंमा हुँदैछ ।






Comments are closed.