काठमाडौं । उद्योगी भीमलाल पौड्याल लायन्स क्लब इन्टरनेशनलको मल्टिपल अडिट कमिटी अन्तर्गत नियमावली निर्माण समितिको संयोजकमा मनोनीत भएका छन् ।
लायन्स मल्टिपल ३२५ बाट पौड्याललाई उक्त महत्वपूर्ण जिम्मेवारी दिइएको हो । उनी लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एमका पूर्व गभर्नर समेत हुन् ।
पेशागत क्षेत्रमा पनि सक्रिय रहँदै आएका पौड्याल नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य तथा जुत्ता उत्पादक संघका पूर्व अध्यक्षसमेत हुन् । नियमावली निर्माणमा उनको नेतृत्वले पारदर्शिता, जवाफदेहिता र संस्थागत सुधारमा सशक्त योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
Comments are closed.