‘सुलभ शुल्कमामा स्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेका छौं’

प्रा.डा.भोला श्रेष्ठ, अध्यक्ष, फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, पोखरा

पोखराको गैह्रापाटनमा रहेको फिस्टेल हस्पिटल सधैं बिरामीले भरिभराउ हुन्छ । २५ वर्षदेखि सेवा प्रदान गर्दै आइरहेको यो हस्पिटलमा पोखरा तथा आसपासका क्षेत्रबाट बिरामीहरु उपचारका लागि आउने गर्छन् । यसैक्रममा हस्पिटलले प्रदान गर्ने सेवा सुविधा लगायत विभिन्न विषयमा हस्पिटलका अध्यक्ष प्रा.डा. भोला श्रेष्ठसँग गरिएको कुराकानीः

पोखरामा पछिल्लो समय धेरै हस्पिटलहरु सञ्चालनमा छन् । धेरै हस्पिटलका बीचमा फिस्टेल हस्पिटल कसरी फरक छ ?

फिस्टेल एउटा प्राइभेट हस्पिटल हो । प्राइभेट हस्पिटल भएपनि हामी सेवामुखी सोचले अगाडि बढेका छौं । सेवामुखी भएको भएर नै यहाँका बिरामीले अन्त जान पर्दैन । पोखरामा बिरामीलाई दिने सेवाहरु जुन छन् ती सेवाहरु सबै भन्दा धेरै हाम्रो हस्पिटलले दिन्छ । हामी सेवामुखी भएको भएर नै होला पोखराको प्राइभेट हस्पिटलहरु मध्येमा सबैभन्दा धेरै बिरामीलाई सेवा फिस्टेल हस्पिटलले दिएको छ ।

jutta mela

प्राइभेट हस्पिटलहरु महंगो भयो भन्ने सुनिन्छ । फिस्टेलमा सर्वसाधारणले सहजै उपचार गर्न सक्छन् ?

हामीले पोखराको मात्रै हिसाब गर्ने हो भने मलाई लाग्छ प्राइभेट हस्पिटलहरुमा हामी नै सस्तो छौं । काठमाडौं हेरेर त पोखरा एज अ होल सस्तो हो । त्यसमा पनि फिस्टेल अझै सस्तो छ । कहिलेकाहीँ सरकारको तर्फबाट निरीक्षण गर्न आउँदा पनि फिस्टेल हस्पिटलको धेरै सेवा सुविधाहरु सस्तो रहेछ भन्छन् । सस्तो भएपनि हामीले क्वालिटीमा कहिँकतै कम्प्रमाइज गरेका छैनौं । हाम्रो आइसीयुदेखि लिएर नर्मल डेलिभरीहरु सबै अन्य हस्पिटलहरु भन्दा सस्तो छ । हामीले वृद्धवृद्धाहरुलाई गर्न मिल्ने डिस्काउन्टहरु हेल्थक्याम्पबाट पनि गर्ने गरेका छौं । साथै वडाबाट सिफारिस ल्याएका विपन्न वर्गहरुलाई नेपाल सरकारको नियमअनुसार १० प्रतिशत वेड नै छुटट्याएका छौं ।

सामाजिक उत्तरदायित्व बहनअन्तर्गत फिस्टेलले कस्ता कामहरु गरेको छ ?

मुख्यगरी हामीले हेल्थक्याम्पहरु गर्ने गरेका छौं । वृद्धाश्रमहरुमा पनि क्याम्प गर्छौं । वृद्ध वृद्धाहरुको सेवाका लागि अक्षयकोष पनि छ । त्यो अक्षयकोषबाट पनि सेवा दिइरहेका छौं । त्यस्तै हामीकहाँ बेलाबेला अष्ट्रेलियन ग्रुपहरु पनि आउने गरेका छन्् । अष्ट्रेलियन ग्रुपहरु आउँदा पनि हामीले सके दुईवटा नभए एउटा क्याम्प गर्दैै आएका छौं । पीडितलाई हामीले सबै निःशुल्क सेवा गरेका छौं ।

सबै उपचार पोखरामा सम्भव हुँदैन काठमाडौं पनि जानुपर्छ भन्ने मानसिकता धेरैको छ । अहिलेको अवस्थामा पोखरामा सबै रोगको उपचार सम्भव छ कि छैन ?

काठमाडौं भनेको ठूलो सहर हो । त्यहाँको जस्तो फुल फ्यासिलिटीहरु पोखरामा छदैछैन । जस्तो ठूल्ठूलो हाइरिस्क लिएर गर्नुपर्ने अपरेशनहरु पोखरामा हुँदैन । जस्तो मुटुको बिरामीलाई कुनै अपरेशन गर्नुपर्यो भने मुटुको फ्यासिलिटी पोखरामा ठ्याक्कै स्ट्याबलिस भएको छैन । त्यस्तो बिरामीहरुलाई हामीले काठमाडौं नै रेफर गरेर पठाउँछौं । पोखरामा अन्य प्राय सबै सेवा सुविधा उपलब्ध छन् ।

फिस्टेलमा चिकित्सक, कर्मचारी गरि रोजगारी लिनेको संख्या कति छ ?

हामीकहाँ विशेषज्ञ डाक्टरहरु ४० जना जति हुनुहुन्छ । एमबीबीएस डाक्टरहरु ३६ देखि ४० जना हुनुहुन्छ । नर्सिङ र स्टाफहरु ४ सय जनाले काम गरिरहनु भएको छ । फिस्टेल हस्पिटलमा अहिले करिब ५ सय जनाको रोजगारी छ ।

फिस्टेलले कस्ता बिरामीलाई बढी प्राथमिकता दिन्छ ? र, कस्ता खालका बिरामीहरु बढी आउने गरेको पाउनु भएको छ ?

हामी कहाँ कास्की र कास्की सेरोफेरोका बिरामीहरु धेरै आउनुहुन्छ । मुस्ताङ, मनाङ, म्याग्दी, बाग्लुङ, स्याङ्जा, तनहुँ, लमजुङसम्मलाई सेवा दिइरहेका छौं । गोरखा र पाल्पातिरबाट पनि बिरामी आउने गर्नुहुन्छ । मूख्यगरी कास्की र कास्की वरपरका अलि बिकट भेगको बिरामी बढी आइरहेको पाइन्छ । बिरामीहरु प्राय सबै प्रकारको आउनुहुन्छ । खासगरी यहीका लोकलहरु डेलिभरी लिन बढी आउनुहुन्छ । हातखुट्टा भाँचिएको अवस्थामा टाढाटाढाबाट पनि फिस्टेलमा आउनुहुन्छ । टाउको फुटेका बिरामीहरु त हेलिकप्टरबाट पनि लिएर आउने गर्नुहुन्छ । सामान्य सुगरको, प्रेसरको, दमको पुरानो बिरामीहरु धेरै छन् । बच्चाको बिरामी पनि हामीकहाँ धेरै छन् । अहिले हामीले क्यान्सरको सेवा पनि दिएका छौं । डाइलासिसको बिरामीहरु प्नि सेवा लिइरहेका छन् ।

लगानी बिस्तारको तपाईंहरुको आगामी योजनाहरु के-के छन् ?

अब फिस्टेलमा मुटुको विशेष उपचारहरु गर्ने कि भन्ने हाम्रो सोच छ । क्यान्सरको पनि सुरुवात गरेका छौं । त्यसलाई अझै एड्भान्स गर्ने भन्ने हाम्रो सोच छ । मेडिकल फिल्डमा दिनप्रति दिन नयाँ नयाँ इक्युपमेन्टहरु आउने भएकाले हामीले नयाँ सेवा सँगसँगै भएको सेवाहरुलाई पनि अझै एड्भान्स गर्ने सोच हाम्रो छ ।

तपाईं हाडजोर्नीको विशेषज्ञ हुनुहुन्छ । हाडजोर्नीका बिरामीहरु कतिको आउँछन् र पछिल्लो समय हाडजोर्नीका क्षेत्रमा देखिएका समस्याहरु के–के छन् ? विशेषगरी दुर्घटना भएपछि सबै खालका अप्रेशनहरु सम्भव छ कि छैन ?

हामीकहाँ हाडजोर्नीका थुप्रै बिरामीहरु आउनुहुन्छ । दुर्घटना भएर, रुखबाट लडेर, भिरबाट लडेर हाट खुट्टा भाँचिएका तथा ढाड भाँचिएका बिरामी थुप्रै आउनुहुन्छ । यसलाई ट्रमा भन्छ । शरिरमा भएको सबै हड्डीहरुको फ्याक्चर अहिले फिस्टेलमा उपलब्ध छ । हामी उपचार गरिरहेका छौं । त्यसको आउटकम पनि हामीले राम्रै पाएका छौं । त्यसबाहेक हामीले कोल्ड अर्थपेटिक सर्जरी भनिन्छ । जसमा कसैको हात नचल्ने, कसैको हात बाङ्गो हुने, कसैको बच्चा मै हात भाँचिएर बाङ्गो भएर मिलाउन आउने, कसैको नशा च्यापिने यिनका उपचारहरु पनि हामीले फिस्टेलमा गरिराखेका छौं । घुँडा र पाखुराको अप्रेसन नचिरेर पनि हामीले गरिरहेका छौं । हामीले सकेसम्म एड्भान्स प्रविधिहरु नै प्रयोग गरी उपचार गरिरहेका छौं ।

फिस्टेलको इमरजेन्सी सेवा कस्तो छ ?

इमर्जेन्सीमा हामीले १० बेड राखेका छौं । हामीले इमर्जेन्सीको १० बेड अनि अर्को १० बेड अब्जरभेसन भनेर राखेका छौं ।

पोखरा वरिपरीबाट रेफर भएर आउनेको संख्या कस्तो हुन्छ ?

पोखरा वरपरबाट थुप्रै बिरामी रेफर भएर आउनुहुन्छ । मुख्यगरी कम्पलिकेटेट केसहरु जस्तो लोकल ठाउँमा उपचार गर्न नसकेकोको अवस्थामा, आइसियु चाहिने अथवा अप्रेशन गर्नुपर्ने, सिरियस भएको बिरामीहरु, अक्सिजन दिनुपर्ने बिरामीहरुलाई यहाँ ल्याइन्छ । राम्रो कुरा के छ भने हामी कहाँ अक्सिजन प्लान्ट छ । हामीले बिगत ६ वर्षदेखि अक्सिजन प्लान्ट चलाएका छौं । त्यसले हामीलाई अक्सिजन किन्नु पर्दैन । हाम्रो मेसिनले प्रोडक्शन गर्छ । जसले बिरामीहरुलाई सहज हुन्छ ।

तपाईंहरुले स्वास्थ्य क्षेत्रमा २५ वर्षको इतिहास कायम गरिसक्नु भयो । यो बिचलाई र स्वास्थ्य क्षेत्रमा यो हस्पिटलले पुर्‍याएको योगदानलाई कसरी स्मरण गर्नुहुन्छ ?

मुख्य कुरा त यसको उद्देश्य नै बिरामीको सेवा गर्नु हो । स्वास्थ्य सेवा नै हामीले दिएको हो । हामीले १० बेडबाट सुरु गरेर २५ बेड, २५ बाट ५० हुँदै १ सय पुर्‍याएको छौं । १ सय बेड भएपनि हामीले आइसीयू, इमरजेन्सी सबै गरेर १ सय २०/२५ बेड छ । अलमोस्ट सबै बेडहरु प्याक नै हुन्छन् । हामीले यो क्षेत्रमा जति स्वास्थ्य सेवा दिनुपर्ने हो, दिएको जस्तो हामीलाई महसुस हुन्छ, त्यसैमा आनन्द लाग्छ । त्यति भन्दैमा चुप लागेर बस्नुपर्ने पनि छैन । किनभने अझै पनि ५ प्रतिशत बिरामीहरु रेफर गर्नुपर्ने स्थिति छ । त्यो पनि गर्न नपरोस् भन्ने हाम्रो चाहना छ । त्यहीअनुसार हामीले बिल्डिङ कन्स्ट्रक्शन गर्ने, इक्यूपमेन्टहरु थप्ने, एक्सपर्टिजहरु ल्याउने कोसिस गरिरहेका छौं ।

You might also like

Comments are closed.