भोटेकोशी हेलि रिसोर्ट र नबिल इन्भेष्टमेन्ट बैंकिङबीच सहकार्य

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशीस्थित नयाँपुलमा सञ्चालित ‘भोटेकोशी हेलि रिसोर्ट एण्ड स्पा’ र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडबीच सहकार्यको सम्झौता भएको छ । साझेदारी पत्रमा रिसोर्टका अध्यक्ष चिनु रानाभाट र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

रिसोर्टको क्षमता विकास, रणनीतिक व्यापार विस्तार, चारतारे रिसोर्टमा स्तरउन्नतिका लागि विस्तृत व्यापार अध्ययन, आइपिओ निष्काशनका लागि पूर्व तयारी लगायत विविध क्षेत्रमा नबिल इन्भेष्टमेन्ट बैंकिङले सघाउनेछ ।

भोटेकोशीस्थित कोदारी राजमार्गमा रहेको रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ ।

क्यासिनोलगायत मनोरञ्जन सेवाहरू थपेर आन्तरिक तथा बाह्य पर्यटकलाई अझै आकर्षित गर्ने तयारीमा आफूहरु रहेको अध्यक्ष रानाभाटले बताए । काठमाडौंबाट २० मिनेटको हवाई दुरीमा र ३ घन्टाको सडक यात्राबाट रिसोर्ट पुग्न सकिन्छ ।

करिब ९५ रोपनी जग्गामा रिसोर्ट निर्माण भएको छ । रिसोर्टमा स्विट, सुपरडिलक्स र डिलक्स रुम छन् । रिसोर्टमा फरक–फरक क्षमताका कन्फरेन्स हल छन् । रिसोर्टमा हिटिङ सिस्टमको स्विमिङ पुलसहित स्पा, साउना, ज्याकुजी लगायतको सेवा सुविधा छ । रिसोर्टमा चाइनीज र नेपाली रेष्टुरेन्टबाट पर्यटकले आफूले चाहे अनुसारको खानाका परिकार प्राप्त गर्नेछन् । रिसोर्टमा आउने पर्यटकले आफ्नो चाहना अनुसार र्याफ्टिङ, बञ्जी, हाइकिङ, तातोपानी कुण्ड र चाइना बोर्डरको अवलोकनसमेत गर्न सक्नेछन् ।

 

lcci
You might also like

Comments are closed.