इक्यान सचिवमा भुपाल केसीको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी नयाँ कार्यसमितिका लागि भुपाल केसीले सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । यही पुस २८ गते हुने निर्वाचनका लागि वर्तमान कार्यसमिति सदस्य समेत रहेका केसीले दाबेदारी प्रस्तुत गरेका हुन् ।

‘यहाँहरुको विश्वास, भरोसा र जिम्मेवार, इक्यानमा मेरो उम्मेदवारी’ नाराका साथ चुनावी मैदानमा उत्रिएका केसीले इक्यानलाई साझा पहिचान र पेशागत मर्यादाको थलोको रूपमा विकास गर्ने संकल्प गरेका छन् ।

व्यवसायीहरूको हकहित र संस्थागत सुदृढीकरणका लागि सक्रिय रहने उनको प्रतिबद्धता छ ।

‘इक्यान हाम्रो साझा घर हो, यसको गरिमा बढाउन र सामूहिक प्रतिवद्धता पूरा गर्न मैले सचिवमा उम्मेदवारी घोषणा गरेको हुँ,’ उनले भने ।

You might also like

Comments are closed.