इक्यानको उपाध्यक्षमा भुवन क्षेत्रीको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को उपाध्यक्षमा भुवन क्षेत्रीले उम्मेदवारी दिने भएका छन् । इक्यान कास्कीका पूर्व अध्यक्षसमेत रहेका क्षेत्रीले संघको आसन्न निर्वाचनमा उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

इक्यान अन्तर्गतका शाखाहरुको प्रतिनिधित्व गर्दै इक्यानमा आफूले उपाध्यक्षमा उम्मेदवारी प्रस्तुत गरेको उनले बताए ।

‘इक्यानमा देशभरका शैक्षिक परामर्श व्यवसायीहरुको प्रतिनिधित्व हुन जरुरी छ । शाखाहरुले पनि इक्यानमा अपनत्व महसुस गर्न सक्नुपर्छ,’ उनले भने ।

jutta mela

इक्यान र शाखाहरुलाई जोड्न र शैक्षिक परामर्श व्यवसायको समग्र हकहितमा काम गर्न आफूले उम्मेदवारी प्रस्तुत गरेको क्षेत्रीले बताए । इक्यानको अधिवेशन असार ३० गते काठमाडौंमा हुँदैछ ।

जेठ २१ गते बसेको इक्यान कास्कीको बैठकले क्षेत्रीलाई ईक्यानको उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

You might also like

Comments are closed.