नेपालमा दालमोठ उत्पादन गर्नका लागि धेरै उद्योग संचालनमा छन् । नेपाली उत्पादनलाई सवै मिलेर प्रवद्र्धन गर्नुपर्छ । नेपाली उत्पादनलाई प्रवद्र्धन गर्न सकियो भने अर्थतन्त्रमा सकारात्मक असर पर्छ । नेपाली उत्पादनको खपत बढाउनु आजको आवश्यकता हो, किनकि आन्तरिक बजार मजबुत बने मात्रै स्वदेशी उद्योग दीर्घकालीन रूपमा टिक्न सक्छन् ।
गुणस्तरमा ध्यान दिएर सामान उत्पादन गर्नुपर्छ गुणस्तरलाई वेवास्ता गरेर उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने अधिकार कसैलाई पनि छैन । नेपाली उद्योगले गुणस्तरीयतालाई ध्यान दिने हो भने उत्पादनको माग बढ्दै जान्छ । नेपाल सरकारले पनि नेपाली उत्पादन प्रवद्र्धका लागि बिशेष भुमिका खेल्नुपर्छ । नीतिगत रुपमा परेका अप्ठ्यारालाई समाधान गर्न सहजिकरण गर्नुपर्छ । बैंकले पनि ऋणका लागि सहज वातावरण बनाउनुपर्छ ।
उद्योगी व्यवसायीले नेपाल दालमोठ उत्पादन संघको लोगो प्रयोग गर्दा ब्राण्डिङमा पनि सहयोग पुग्छ । यसमा सबैले ध्यान दिनुहुन्छ भन्ने संघको अपेक्षा छ । साथै नेपाल दालमोठ उत्पादन संघले उद्योगी तथा व्यवसायीको हितमा काम गरिरहेको छ । देशभर रहनुभएका दालमोठ उत्पादन व्यवसायीलाई संघमा आवद्ध हुन पनि म आग्रह गर्दछु ।




Comments are closed.