आकर्षक छुटको अफरसहित संचालनमा आयो बिहानी बजार

पोखरा । पोखराको लेकसाइडमा संचालन गरिएको बिहानी बजारको बिहीबार औपचारिक उद्घाटन गरिएको छ । पोखराका युवा व्यवसायीको संलग्नतामा बजार संचालनमा आएको हो । उद्घाटनसँगै बजारले विभिन्न अफर पनि सार्वजनिक गरेको छ ।

बजारको पोखरा महानगरपािलका वडा नं ६ का वडा अध्यक्ष जगत पहारीले उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै पहारीले यस्ता बजारले युवालाई स्वरोजगार र उद्यमशील बनाउने बताए ।

थोरै नाफा कमाउने र नाफामा आएको केही रकम सामाजिक काममा खर्च गरिने संचालक हरि कार्कीले बताए ।

स्वदेशी तथा स्थानीय उत्पादनलाई जोड दिई सम्पूर्ण प्रकारका दैनिक उपभोग्य सामग्री उपलब्ध गराइने संचालक ढाका कुमार श्रेष्ठले बताए । ग्राहकले अनलाइन मार्फत पनि सामान अर्डर गर्न सक्ने र होम डेलिभरीको निःशुल्क सुविधा पनि रहेको श्रेष्ठले जानकारी दिए ।

पोखराको लेकसाइडबाट संचालन शुरु गरिएको बजारको कास्की, पर्वत, लमजुङ, तनहुँ लगायतका स्थानमा पनि शाखा संचालन गर्ने तयारी रहेको दमौली शाखाका संचालक बसुन्धरा घर्तीले जानकारी दिइन् । कार्यक्रमको संचालन मिनु श्रेष्ठले गरेकी थिइन् ।

 

You might also like

Comments are closed.