पोखरामा खुल्यो बिहानी बजार

पोखरा । पोखराको लेकसाइडमा बिहानी बजार संचालनमा आएको छ । पोखराका युवा व्यवसायीको संलग्नतामा बजार संचालन गरिएको हो । बजारमा करिव १० करोड रुपैयाँ लगानी हुने बताइएको छ ।

पोखराको लेकसाइडबाट संचालन शुरु गरिएको बजारको कास्की, पर्वत, लमजुङ, तनहुँ लगायतका स्थानमा पनि शाखा संचालन गर्ने तयारी रहेको संचालक ढाका कुमार श्रेष्ठले जानकारी दिए । ‘दसैं अगाडी ६ वटा शाखा संचालन गर्ने योजना  छ,’ उनले भने ।

स्वदेशी तथा स्थानिय उत्पादनलाई जोड दिई सम्पुर्ण प्रकारका दैनिक उपभोग्य सामग्री उपलब्ध गराइने श्रेष्ठले बताए । ग्राहकले अनलाइन मार्फत पनि सामान अर्डर गर्न सक्ने र होम डेलिभरीको सुविधा पनि रहेको श्रेष्ठले जानकारी दिए ।

You might also like

Comments are closed.