नेपाल समाजवादी पार्टीको केन्द्रीय सदस्यमा विकलको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशन माघ २७ देखि २९ गतेसम्म काठमाडौं कमलादीमा हुँदैछ । महाधिवेशनका लागि विभिन्न तहका नेताहरूले उम्मेदवारी घोषणा गरिरहेका छन् ।

यसैक्रममा पार्टी स्थापनाकालदेखि नै सक्रिय युवा नेता विकल पौडेलले पनि केन्द्रीय सदस्य (खुल्ला) पदमा उम्मेदवारी घोषणा गरेका छन् । पौडेलले यसअघि नयाँ शक्ति विद्यार्थी युनियनको केन्द्रीय सचिवको जिम्मेवारी सम्हालेका थिए । त्यस्तै, उनले नयाँ शक्ति पार्टीको तमुवान प्रदेश समितिमा महासचिव, गैर–भौगोलिक प्रदेशमा कोषाध्यक्ष तथा हाल महाधिवेशन आयोजक समितिको सदस्य भएर पनि काम गरिरहेका छन् ।

महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको भावी कार्यदिशा र नीति तय गरिने बताइएको छ । महाधिवेशनले पार्टीलाई नयाँ रणनीतिका साथ अघि बढाउने उनले प्रतिबद्धता जनाएका छन् ।

You might also like

Comments are closed.