विकाश हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं । विकाश हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ आज (आईतबार) बाँडफाँट गरिएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा बिहान औपचारिक रूपमा बाँडफाँट प्रक्रिया सम्पन्न गरिएको हो ।

कम्पनीले असार १८ गतेदेखि २२ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २९ लाख ४२ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। कुल २१ लाख ५० हजार ६७२ आवेदकबाट २ करोड ६१ लाख ४८ हजार ३५० कित्ता शेयरको माग परेको थियो ।

मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको हो । प्राप्त आवेदनमध्ये २० लाख ५६ हजार २०७ वटा आवेदन स्वीकृत भएका छन् भने ९४ हजार ४४६ आवेदन रद्द भएका छन् ।

कम्पनीले जारी गरेको २९ करोड ४२ लाख ७६ हजार रुपैयाँ बराबरको शेयरले लगानीकर्ताहरूको उल्लेखनीय आकर्षण पाएको देखिन्छ। बाँडफाँटमा सहभागी आवेदकहरूले सम्बन्धित बैंक खाता र मेरो सेयरमार्फत आफ्नो नतिजा चाँडै हेर्न सक्नेछन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.