लायन्सको जिल्ला अधिवेशनको अवसरमा भरतपुरमा ‘बुलेट बाइक र्याली’ हुने

चितवन । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आर (नेपाल) को चौथो वार्षिक डिष्ट्रिक्ट महाधिवेशनको अवसरमा शनिबार भरतपुरमा ‘बुलेट बाइक ¥याली’ हुने भएको छ ।

‘सेवाका लागि सवारी, एकताका लागि सवारी र गर्वका लागि सवारी’ नाराका साथ आयोजना हुन लागेको ¥यालीमा बुलेट प्रेमी लायन्स सदस्य तथा सर्वसाधारणको सहभागिता रहने आयोजकले जनाएको छ ।

शनिबार बिहान ७ बजे सन अटोमोबाइल्स (बुलेट बाइक शोरुम), मिलनचोकदेखि गैंडाकोट (कालिगण्डकी चोक) – नारायणी रिसोर्टसम्म र्याली हुनेछ

हिमालयन राइडर्स र सन अटोमोबाइल्सको सहकार्यमा हुन लागेको ¥यालीले लायन्सको सेवा भावलाई समुदायमा फैलाउन र युवाहरूमा एकताको सन्देश दिन मद्दत पुग्ने विश्वास लिइएको छ । सम्पूर्ण इच्छुक राइडरहरूलाई बिहान ७ बजे नै मिलनचोकमा उपस्थित भई सहभागी हुन आह्वान गरिएको लायन्सका रिजन चियरपर्शन तथा हिमालयन राईडरका सहसंयोजक मोहन केसीले जानकारी दिए ।

You might also like

Comments are closed.