लेखनाथ महोत्सवमा स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखेका छौं

विक्रम कर्माचार्य, द्वितीय उपाध्यक्ष, लेखनाथ उद्योग वाणिज्य संघ

कास्कीको लेखनाथमा २०औं संस्करणको लेखनाथ महोत्सव जारी छ । महोत्सवमा हामीले राष्ट्रिय उत्पादनलाई विशेष प्राथमिकतामा राखेका छौं । ‘मेड इन नेपाल’का २२ वटा स्टल छन् । ती २२ स्टल बाहेक अन्य स्टलमा पनि स्वदेशी उत्पादनहरुले प्राथमिकता भएका छन् । हामीले महोत्सवमा स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि विशेष पहल गरेका छौं ।

मेड इन नेपालका स्टलमा देशका विभिन्न ठाउँमा उत्पादन गरिएका करिब ६० वटा नेपाली उत्पादन बिक्री तथा प्रदर्शनीमा राखिएका छन् । उद्यमशीलता र रोजगारीलाई प्रवर्द्धन गर्न नेपाली उत्पादनलाई प्राथमिकतामा राखेर प्रदर्शनी गरिएको हो ।

स्वदेशी उत्पादनको प्रयोग बढाउन सकेमा अबका सन्तती वैदेशिक रोजगारीमा जानु पर्ने अवस्थामा कमि आउन सक्नेछ । देशको आर्थिक समृद्धि र मुलुकको विकासमा पनि स्वदेशी उत्पादनको योगदान सकारात्मक रहनेछ । हामीले हाम्रा सन्ततीलाई स्वदेशमा नै बसेर यहीँ उद्यम गर्न सिकाउने उद्देश्यले नेपाली उत्पादनलाई जोड दिएका छौं ।

महोत्सवमा उपस्थित दर्शकले पनि नेपाली उत्पादनलाई विशेष माया गरिदिनुभएको छ, यो हाम्रो लागि गौरवको कुरा हो । स्वदेशी उत्पादनलाई माया गर्नु भनेकोे स्वदेशमा नै बसेर केही गर्न ऊर्जा मिल्नु पनि हो । स्वदेशी उत्पादनको प्रयोग बढाएर आयातीत वस्तुलाई विस्थापित गर्ने र विदेशी मुद्रा सञ्चिती गर्नेतर्फ हाम्रो जोड हुनुपर्दछ ।

lcci
You might also like

Comments are closed.