कोरोना संघर्षबीच आशाको किरण

बिक्रम कर्माचार्य

मातृभूमि सम्झिएर फर्किएका युवाहरु भोलिका दिनमा फेरी रोजगारीका लागि विदेशिन पर्ने अवस्था आयो भने हाम्रो लागि त्यो भन्दा दुःखको क्षण अरु बन्नेछैन ।

हरेक अप्ठ्यारो परिस्थिति र संकटले नयाँ सम्भावना र अवसरको पनि सुरुवात गर्छ । अहिले कोरोना महामारीका कारण हामीहरु अप्ठ्यारो परिस्थितिमा छौं । कोरोना विरुद्धको अभियानमा नेपाल मात्रै होइन सिंगो संसार नै संघर्ष गरिरहेको छ । यो विषम परिस्थितिका बीच पनि मैले नेपालमा एउटा आशाको किरण देखेको छु । नेपालको सुन्दर भविष्य देखेको छु । सम्भावना देखेको छु । यही संंघर्षका बीचबाट सुखी नेपाली र समृद्ध नेपालको सुरुवात गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

एउटा उदाहरण प्रस्तत गर्छु । जब नेपालमा चैत ११ गतेदेखि लकडाउन भयो, त्यसपछि नेपालको सीमा नाकामा कडाई गरियो । जब सिमानामा कडाई गरियो त्यसपछि नेपाली उत्पादनको मााग निकै बढ्यो । हिजाको दिनमा उपभोक्ताहरुले सामान्य सस्तोमा सामान पाएँ भन्ने सोचेर सीमा पारीबाट खाद्यान्न लगायतका सामानहरु खरिद गरेर ल्याउने प्रचलन थियो । जसले गर्दा राज्यले धेरै ठुलो क्षति व्यहोर्नुपरेको थियो । राजश्वमा धेरै असर गरेको थियो । व्यक्ति–व्यक्तिले उपभोगका लागि ल्याउने सामानबाट राजश्व छलि भइरहेको थियो । राज्यको आँखा छलेर विभिन्न सीमा क्षेत्रबाट ठूलो संख्यामा रावश्व छलिका सामानहरु नेपाल भित्रिएका थिए । केही व्यापारीले भन्सार छलेर आएको सामान बेच्न पाउँदा नाफा बढी लिने स्वार्थ राख्ने गरेको समेत पाइन्थ्यो ।

jutta mela
  • यो संकटका बीचमा लाखौं युवाहरु स्वदेश फर्किएका छन् । लाखौंको संख्यामा भोलिका दिनमा पनि युवाहरु मातृभूमि फर्कनेछन् । ती युवाहरुलाई समेत यहीँ रोजगारीको अवसर सिर्जना गर्न राज्य लाग्नुपर्छ ।

लकडाउनमा सीमा क्षेत्रमा कडाई गरेपछि नेपालीहरु पनि घरमै सुरक्षित रहन थाले । नेपाली उत्पादन उपभोग गर्ने क्रम बढ्यो । सीमा क्षेत्र लगायत देशभर नेपाली उत्पादनको माग पहिलाको तुलनामा निकै बढेको तथ्यांकले देखाएको छ । नुन, चिनी, आँटा, विस्कुट, चाउचाउ, दालमोट, भुजिया, स्न्याक्स फुड्स लगायत खाद्य सामग्रीको माग लकडाउन अगाडिको तुलनामा सय प्रतिशत भन्दा बढी बढ्यो भन्दा पनि फरक पर्दैन ।

म विस्कुट उत्पादन संघको महासचिव हुँ । देशभरका विस्कुट उद्योगहरुसँग नजिक रहेर काम गर्ने अवसर पाएँ । सम्पूर्ण विस्कुट उद्योगका उत्पादन बढेको देखियो । पूर्वदेखि पश्चिमसम्म रहेका क्षेत्रमा विस्कुटको माग बढ्यो । विस्कुटको माग बढेसँगै विस्कुटमा प्रयोग हुने ¥यापर, कार्टुन, प्लाष्टिक, मैदा, चिनी, घ्यु इत्यादि सामानको बिक्री पनि बढ्यो । यसरी माग यथाबत रहने हो भने विस्कुट, चाउचाउ, दालमोट, ¥यापर जस्ता उद्योगहरु प्रशस्त खुल्ने सम्भावना देखिएको छ ।

  • रोजगारी राज्य आफैले दिन नसके पनि निजी क्षेत्रलाई प्रोत्साहन गर्न सकिन्छ । यो समय निजी क्षेत्रलाई प्रोत्साहन गरी लगानी बढाउने अवसर पनि हो । लगानी बढाउन राज्यले लगानीमैत्री वातावरण बनाउनुपर्छ ।

विस्कुट र चाउचाउमा मात्रै होइन खाद्यसँग सम्बन्धित र अन्य उद्योगहरुमा पनि यो सम्भावना छ । त्यसका लागि लकडाउनमा मात्रै होइन लकडाउन पछि पनि सीमा नाकामा कडाई गर्दै राजश्व छलि गरी भित्रिने सामानहरुको आयातमा कडाई गर्न राज्य संयन्त्र लाग्नु जरुरी छ । जसले गर्दा राज्यमा उत्पादनमुलक उद्योगहरु बढ्नेछन् र समृद्ध मुलुक बनाउने अभियानमा समेत राज्यलाई टेवा पुग्नेछ ।

लकडाउनले नेपाली जनताहरुको बास्तविक अवस्था बुझ्ने अवसर पनि धेरैलाई मिल्यो । जन्मदिने बाबु आमाको काखमा बसेर, साथीभाइसँग खेल्दै आफ्नै घरमा पाकेको मिठो नमिठो खाँदै आफ्नै भूमिमा काम गर्ने रहर कसलाई हुँदैन र ? आफ्नै मुलुकमा पसिना बगाएर छोराछोरी पढाउने, सपनाको घर बनाउने रहर कुन युवालाई छैन होला र ? तरपनि नेपाली युवाहरु सपनाको खोजीमा विदेशिन बाध्य भए । आफ्नो घरपरिवार, मातृभूमि छोडेर विदेश जानुपर्ने बाध्यता थियो उनीहरुमा । देशमै रोजगारी सिर्जना गर्न सके एक बारको जिन्दगीमा आफ्नै घरमा, देशमा बसेर काम गर्ने अवसर बनाउन सके धेरै युवाहरुले यहीँ पसिना बगाउने थिए । अब हामीलाई त्यो अवसर आएको छ । राज्यले सोच्न जरुरी छ, अब यहाँका युवाहरु अबसरको खोजीमा विदेशिन नपरोस् ।

यो संकटका बीचमा लाखौं युवाहरु स्वदेश फर्किएका छन् । लाखौंको संख्यामा भोलिका दिनमा पनि युवाहरु मातृभूमि फर्कनेछन् । ती युवाहरुलाई समेत यहीँ रोजगारीको अवसर सिर्जना गर्न राज्य लाग्नुपर्छ । मातृभूमि सम्झिएर फर्किएका युवाहरु भोलिका दिनमा फेरी रोजगारीका लागि विदेशिन पर्ने अवस्था आयो भने हाम्रो लागि त्यो भन्दा दुःखको क्षण अरु बन्नेछैन ।

रोजगारी राज्य आफैले दिन नसके पनि निजी क्षेत्रलाई प्रोत्साहन गर्न सकिन्छ । यो समय निजी क्षेत्रलाई प्रोत्साहन गरी लगानी बढाउने अवसर पनि हो । लगानी बढाउन राज्यले लगानीमैत्री वातावरण बनाउनुपर्छ । लकडाउनमा सीमा क्षेत्रमा कडाई हुँदा जसरी नेपाली उत्पादनले बजार बढाउने अवसर पाएको छ त्यसलाई निरन्तरता दिन सक्नुपर्छ । नेपाली उत्पादनको माग बढेसँगै राजश्वमा समेत प्रत्यक्ष योगदान पुग्नेछ । उद्योग, कलकारखाना बढ्नेछन् र रोजगारीका अवसर पनि सिर्जना हुनेछन् ।

तेस्रो विश्वयुद्ध भनेको आर्थिक युद्ध हो भनिन्छ । अब प्रश्न उठ्छ त्यसका लागि नेपाल सरकारको तयारी खै ? हामीले हाम्रो स्रोत र साधनको भरपुर परिचालन गरेर राज्यलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउनुपर्छ ।

सीमामा टाइट नहुँदा धेरै प्रकारका वस्तुहरुको आयातमा भन्सार छली हुँदा राज्य बेखबर जस्तो देखिनु हुँदैनथ्यो । हिजोको दिनमा जे भयो त्यो सकियो, अब त्यसबाट पाठ सिकेर अगाडि बढौं । हिजोका दिनमा राज्यले धेरै नोक्सानु व्यहोर्नुपरेको थियो । अब लकडाउनबाट पाठ सिकेर राज्यले सीमामा नेपाली सुरक्षाकर्मीलाई भरपुर मात्रामा राखेर चोरी पैठारी नियन्त्रण गर्न सकेमा राज्यको लागि त्यो एउटा अवसर बन्नेछ ।

You might also like

Comments are closed.