बीमा प्राधिकरणको वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवको अवसरमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरणले काठमाडौंमा कार्यक्रम आयोजना गर्यो ।

त्यस्तै प्राधिकरणको गण्डकी प्रदेश कार्यालयले पनि रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरामा आयोजित उक्त अवसरमा ६९ युनिट रगत संकलन भएको छ ।

नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख केशव प्रसाद दाहालको अध्यक्षतामा कार्यक्रम भएको हो । उक्त अवसरमा बोल्दै दाहालले रक्तदान जीवन दान भएकाले रक्तदान गरि पुण्य कमाउन सकिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रमुख अतिथि निप्स पोखरा च्याप्टरका अध्यक्ष वद्रीनाथ पौडेलले बीमा प्राधिकरणले गरेका गतिविधिको प्रशंसा गर्दै वार्षिकोत्सवको सफलताको शुभकामना व्यक्त गरे । स्वस्थ व्यवसाय गरि बीमा व्यवसायको दायरा वढाउनकका लागि आग्रह समेत गरेका थिए ।

रक्तदान कार्यक्रम प्राधिकरणको प्रदेश कार्यालय पोखरामा भएको हो । जीवन, लघु तथा निर्जीवन बीमाका कर्मचारी, बीमा अभिकर्ता, सर्भेयर लगायत सर्वसाधारणको समेत उल्लेख्य उपस्थिति थियो । कार्यक्रम संचालन नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सुन्दर प्रसाद शर्माले गरेका थिए

 

You might also like

Comments are closed.