काठमाडौं । नेपाली उद्योगपति बिनोद चौधरी सन् २०२6 मा विश्वका धनी व्यक्तिहरूको सूचीमा १९८२औँ स्थानमा पुगेका छन् । Forbes ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार चौधरीको कुल सम्पत्ति करिब २.१ अर्ब अमेरिकी डलर पुगेको छ ।
चौधरी ग्रुपका अध्यक्षसमेत रहेका चौधरी नेपालका पहिलो अर्बपति व्यवसायीका रूपमा चिनिन्छन् । उनका विभिन्न उद्योग–व्यवसायहरू खाद्य उद्योग, आतिथ्य, ऊर्जा, बैंकिङ, रियल इस्टेट तथा उपभोक्ता वस्तु उत्पादनजस्ता क्षेत्रमा फैलिएका छन् ।
विश्वभर फैलिएको व्यापारिक सञ्जाल र निरन्तर लगानी विस्तारका कारण चौधरीको सम्पत्ति बढ्दै गएको अन्तर्राष्ट्रिय आर्थिक विश्लेषकहरूले उल्लेख गरेका छन् । पछिल्ला वर्षहरूमा उनका कम्पनीहरूले एशिया, मध्यपूर्व र युरोपका विभिन्न देशमा लगानी विस्तार गर्दै आएका छन् ।
Forbes ले हरेक वर्ष विश्वका अर्बपतिहरूको सूची सार्वजनिक गर्दै उनीहरूको सम्पत्ति र व्यावसायिक प्रभावको मूल्यांकन गर्ने गर्छ । नयाँ सूचीअनुसार चौधरी विश्वका अर्बपतिहरूमध्ये अझै पनि नेपालको सबैभन्दा धनी व्यक्तिका रूपमा कायम रहेका छन् ।






Comments are closed.