‘घर निर्माणको लागत ५० प्रतिशत घटाउँछौं’

वर्षमा १ हजार घर बनाउने मेरो घर डटकमको लक्ष्य

विपिन गैरे
सञ्चालक/प्रमुख कार्यकारी अधिकृत, मेरो घर डटकम

युवा विज्ञहरुको टोली आबद्ध मेरो घट डटकमले राजधानी काठमाडौंसहित पोखरा र चितवनमा सस्तो मूल्यमा घरहरु निर्माण गरिरहेको छ । अनावश्यक खर्च घटाएर थोरै लगानीमा घर बनाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् मेरो घर डटकमका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत विपिन गैरे र उनको टिम । मेरो घर डटकमसँग केन्द्रित रहेर गैरेसँग आर्थिक आवाजले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौं :

नेपालमा घर तथा भवन निर्माणको अवस्था कस्तो छ ?

राष्ट्र बैंकको फिगर हेर्ने हो भने नेपालमा करिब ५० देखि ६० अर्बको कन्स्ट्रक्सन इन्डष्ट्रीको भोल्युम छ । यो हाम्रो जिडिपीमा रहेको कन्ट्रिब्युसन हो । यो फिगर बाटो, पुल पुलेसा, बिल्डिङले बनेको फिगर हो जुन फर्मल इकोनमीमा काउन्ट हुन्छ । सरकारी तथा अर्ध सरकारी ठेक्का, एनजिओ, आइएनजिओको ठेक्काहरु यसमा पर्दछन् ।

ठुला नगरपालिकामा मात्रै वर्षमा करिब ५० हजार पक्की घर बन्छन् । एउटा घर निर्माण लागत औषतमा ५०/६० लाख रुपैयाँ पर्छ । यो करिब ३ सय अर्बको इन्डष्ट्री हो । यो कम्प्लिट्ली इन्फर्मल छ ।

मेरो घर डट कममार्फत घरहरु बनाउने अभियानमा जुट्नुभएको छ । कुन उद्देश्यले यो अभियानमा लाग्नुभयो ?

हामीले इको सिस्टम क्रियट गर्न खोजेका हौं । आवश्यकता अनुसार मात्र काम गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । कोठामा ३ वटा बत्ती राखिएको छ र सबै आवश्यक पर्दैनन् भने राख्नु जरुरी छैन । कहिले काहीं एउटाले काम नगर्दा अर्को चाहिन्छ । तर, ३ वटा नै चाहिन्छ भन्ने छैन । यो हाम्रो इनोभेसन हो । हामीले हरेक कुरामा अप्टिमाइज गर्नुपर्छ । धेरैसँग पैसा कम हुन्छ र सकेसम्म सस्तोमा घर बनोस् भन्ने चाहना हुन्छ । घर बनाउँदा अनावश्यक चिजमा पनि खर्च भइरहेको हुन्छ । परम्परागत सोचाईमा परिवर्तन गरी सस्तोमा घर बनाउने हाम्रो अभियान हो ।

निर्माण क्षेत्रमा जनशक्तिको परिचालन कस्तो छ ?

प्रोफेसन अनुसार काम फरक हुन्छ । आफ्नो विज्ञता भन्दा अन्य कामको बारेमा थाहा नहुन पनि सक्छ । घर बनाउने काममा प्राविधिकहरु सहभागी हुन्छन्, जसको पेशा नै त्यही हुन्छ । नक्सा बनाउनेलाई नक्साको कुरा मात्र थाहा हुन्छ । ठाउँ अनुसार उनीहरुले नक्सा तयार गर्छन् । त्यसैले सबैले आफ्नो आफ्नो काम गर्दा राम्रो हुन्छ भन्ने हाम्रो सोचाई हो । अहिले यो खास लोअर लेभलमा मात्र लागु भएको देखिन्छ । उच्च तहमा त्यस्तो देखिदैन । किन त्यसलाई पैसा दिने म आफै गर्छु म नै बझ्ने छु भन्ने खालको मानसिकता भएको देखिन्छ । त्यस्तो सोचलाई परिवर्तन गरी विज्ञताको आधारमा काम गर्नुपर्ने देखिन्छ ।

सस्तोमा घर निर्माण गर्ने मुख्य आधारहरु के–के छन् ?

हाम्रो प्रोफेसन इन्जिनियरिङ हो । हाम्रो उद्देश्य भनेको अबको ५ वर्ष भित्रमा नेपालमा १ वर्षमा १ हजार घर बनाउने हो । त्यो पनि धेरै सस्तो तथा आधा मूल्यमा नै । घर आधा मूल्यमा कसरी बनाउने भन्ने प्रश्न आउन सक्छ । माथि भने जस्तै अनावश्यक चिज घटाएर नै घर निर्माणको मूल्य घटाउन सकिन्छ ।

म विदेश बसेर आएको हुँ । विदेशमा हेर्ने हो भने भित्रको कुनै पनि ढोकामा ताल्चा नै हुँदैन । भित्रको ढोकाको ताल्चा अनावश्यक कस्ट हो । घरमा धेरै अनावश्यक कुराहरु प्रयोगमा आइरहेका छन्, जुन धेरै दशकदेखि गरेको हुनाले निरन्तरता जस्तै बनेका छन् । हामीले यस्ता विभिन्न कुराको इनोभेसन गरिरहेका छौं । घर निर्माणको कष्टलाई कसरी ५० प्रतिशत घटाउने भनेर हामी लागिपरेका छौं ।

घर बनाउने काम गर्दाको अनुभव कस्तो छ ?

हामीले करिब १ सय ७५ भन्दा धेरै घर निर्माण गरेर हस्तान्तरण गरिसकेका छौं । त्यससँगै उपत्यका बाहिरबाट पनि राम्रो डिमाण्ड आएको छ । हामीले पोखरा र चितवनमा पनि काम शुरु गरेका छौं । च्यालेन्ज चाहीं यथावत नै छ । कस्टमरको माइण्ड तुरुन्तै चेन्ज हुँदैन । बजारमा स्किल्ड मेनपावर पनि पाइदैन । वर्षमा करिव ५० हजार घर बन्छन् भने यस पेसामा लागेको करिव १ हजार पनि इन्जिनियर छैनन् । म्यानपावरको सर्टेज छ । हामीले टेक्नोलोजीमा सकेसम्म म्यानपावर पनि कम लाग्ने गरी इनोभेसन गर्दैछौं । काठमाडौंमा घर हस्तान्तरण गरेपछिको अनुभव हो यो हाम्रो । पोखरा र चितवन काम गर्दा पनि ट्रेडिसनल्ली नै काम गर्नुपर्ने बाध्यता छ ।

jutta mela

ईटाको सट्टा अरु केही प्रयोग गर्न सकिन्छ भनेर बुझाउन पनि धेरै गाह्रो छ । करिव १ सय जनामा १÷२ जनाले मात्र बुझ्नुहुन्छ । सरकारबाट अनुगमन हुनुपर्ने ठाउँमा नै भएको छैन । ईटा भट््टा अनावश्यक तवरले खुलिरहेका छन् । बालश्रमको प्रयोग भइरहेको छ । ईटा बनिरहेको छ । एउटा ईटाको मूल्य करिब ६० रुपैयाँ पर्छ । हामीले यसको पनि इनोभेसन गर्दैछौं । यसको लागि केही समय लाग्छ । हामीले अझैपनि कन्भेन्सनल तरिकाले नै काम गर्नु परिरहेको छ ।

मेरो घर डटकमसँग कस्तो खालको टिम छ ?

देश तथा विदेशमा काम गरेको अनुभव भएका प्राविधिक हाम्रो टिममा छौं । आर्किटेक्ट इन्जिनियर, इन्स्ट्रक्सनल इन्जिनियर, सिए लगायतको टिम हामीसँग छ । सबैले विदेशमा बसेर पढेर देखेर भोगेर आउनुभएको छ । विदेशको जस्तै परिवर्तन यहाँ पनि आवश्यक छ भनेर हामीले यसलाई सुरु गरेका हौं । काठमाडौंमा ५० जनाको टिम हामीसँग छ । उपत्यका बाहिर १५ जना छौं । पोखरा र चितवनमा हामीले काम गरिरहेका छौं । फिल्डमा काम गर्ने बाहेक ६५ जनाको हाम्रो टेक्निकल टिम छ ।

यस्ता अन्य कम्पनी भन्दा मेरो घर कसरी फरक छ ?

हामी इको सिस्टम बनाउनतर्फ लागिरहेका छौं । हामी कन्स्ट्रक्सन कम्पनी मात्र होइन । सिटिईभिटीसँग मिलेर म्यानपावर पनि तयार पारिरहेका छौं । प्राइभेट स्किल टेस्टिङ संस्थाहरुसँग मिलेर ट्रेनिङ दिएर मेसन उत्पादन गरिरहेका छौं । हामी जनरल कन्ट्राक्टर मात्र होइन । अरुसँगको हाम्रो भिन्नता यीनै हुन् । अन्य खास धेरै भिन्नता छैनन् । पैसाको कुरा गर्ने हो भने चाहीं सस्तोमा बनाउँछौं । घरलाई सेल्टरका रुपमा मात्र लिने गरेको पाइन्छ । वातानुकुलित बनाउनुपर्छ भन्ने कन्सेप्ट आएकै छैन । घरलाई सेल्टरसँगै कम्फर्ट पनि बनाउनुपर्छ । हामीले त्यसै अनुसार बनाउँछौं ।

एक हिसाबले भन्ने हो भने अहिले हामी फ्याक्ट्री बनाउदैछौं । उदाहरणको लागि एकजोर जुत्ता बनाउन ३ दिन लाग्छ । तर, फ्याक्ट्री बनाउन ३ वर्ष लाग्छ । वर्षमा हजार पिस जुत्ता बनिसक्छ । तर, हजार पिस जुत्ताको माया गरेर फ्याक्टी नबनाउने हो भने सधै हजार मात्र बन्छ । फ्याक्ट्री बनाएपछि एक दिनमा नै हजार बनाउन सकिन्छ । हामी सिस्टम बनाउँदैछौं । हामीले क्वालिटी पनि एसुरेन्स गर्नैपर्छ । अहिले धेरै सस्तो हुँदैन, पछि मास प्रोडक्सन घरहरु बनाउन सक्दा अझ धेरै सस्तो हुन्छ ।

थोरै आम्दानी हुनेहरुले कसरी सस्तोमा घर बनाउन सक्छन् ?

नेपालमा पहिलोचोटी हामीले अर्को काम पनि गरेका छौं । शून्य प्रतिशत डाउन पेमेन्टमा घर बनाउने भनेर । समाजले नै हामीलाई केही काम गर्न निश्चित उमेर तोकेको हुन्छ । विवाह, छोराछोरी जन्माउने विषयमा पनि समाजबाट दवाव आउँछन् । त्यससँगै घर बनाउन पनि कुरा आउँछ । हाम्रो सर्भेले के देखायो भने घर बनाउने उमेर भनेको प्राय ४० वर्ष पछि हो भन्ने रहेछ । प्राय मानिसले ४० पछि मात्र घर बनाउने सोचेको पाइयो ।

भर्खरै जागिर खान सुरु गरेकालाई टार्गेट गरेर हामीले यो प्रोडक्ट ल्याएका हौं । करिव ७५÷८० हजार मासिक आम्दानी भएका नै हाम्रो टार्गेटमा पर्नुहुन्छ । उहाँहरुको आम्दानीको आधारमा हामी सल्लाह दिन्छौं । व्याजदर पनि सस्तो छ । व्याजदर परिवर्तन पनि हुँदैन । जुन इन्डष्ट्री लोयष्ट नै हो ।

घर मात्रै बनाउनुहुन्छ कि कमर्सियल प्रोजेक्टमा पनि काम गर्नुहुन्छ ?

कमर्सियल प्रोजेक्ट हाम्रो धेरै भएका छन् । तर, हामीले आफूलाई चिनाउन खोजेको कमर्र्सियल प्रोजेक्टबाट होइन । कमर्सियल प्रोजेक्ट गरेर नै यो सेक्टरमा आएका हौं । नेपाल सरकार, जाइका, नेपाल प्रहरी, स्कुल तथा कलेजका कमर्सियल प्रोजेक्ट गरेका छौं ।

मैले सधैं भन्छु कि घर बनाउने भनेको सानो स्पेसमा नै हो । पैसा धेरै छ भन्दैमा ठुलो घर बनाउनु आवश्यक छैन । स्पेस युटिलाइज गर्नुपर्छ । कतिपय कुरा यति हो चाहिने भन्ने कुरा वैज्ञानिक हुन्छ । त्यो भन्दा धेरै चाहिदैन पनि । घर बनाउनु भन्दा पहिले प्राविधिकको सल्लाह लिनुपर्छ ।

अन्त्यमा, के भन्नुहुन्छ ?

घर बनाउन चाहनेलाई हामी परामर्श पनि दिन्छौं । हामीसँग घर बनाउने नबनाउने उहाँहरुको कुरा हो । शुरुमा काउन्सिलिङदेखि अन्तिममा चावी हस्तान्तरणसम्मको सम्पूर्ण काम हामी गर्छौं । हामीले सफलतालाई पैसासँग तुलना गर्दैनौं । घरको मूल्य घटाउन सकियो र सानो घरमा पनि मानिसलाई खुसी बनाउन सकियो भने त्यो नै हाम्रो सफलता हो । सफलताको लागि हामीले धेरै संघर्ष गर्नुपर्ने छ ।

You might also like

Comments are closed.