बिराटनगर विमानस्थललाई अन्तराष्ट्रियस्तरको बिमानस्थलमा स्तरोन्नति गर्न सम्झौता

काठमाडौं । बिराटनगर विमानस्थलको विकास र बिस्तार गरी अन्तराष्ट्रियस्तरको बिमानस्थलमा स्तरोन्नती गरिने भएको छ । विमानस्थललाई स्तरउन्नति गर्ने विषयमा सोमबार सम्झौता भएको छ ।

बिराटनगर महानगरपालिकाका तर्फबाट प्रमुख कार्यकारी इन्द्रमणि पोखरेल, प्रदेश सरकारका तर्फबाट उद्योग, वन, वाताबरण मन्त्रालयका सचिव मेघनाथ काफ्ले र नागरिक उड्डयन प्राधिकरणका तर्फबाट महानिर्देशक राजन पोखरेलबीच उक्त समझदारी भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा एक कार्यक्रमका बीच समझदारी भएको पर्यटनमन्त्री भट्टराई प्रेस सल्लाहकार प्रेम गुरागाईंले जानकारी दिए ।

विमानस्थलको धावनमार्गको लम्बाई ३ हजार मिटरसम्म विस्तार गर्ने सम्झौतामा उल्लेख छ । जग्गा अधिकरणमा हुने खर्चको ५० प्रतिशत साझेदारी गरिने भएको छ । जस अन्र्तगत प्रदेश नम्बर १ ले ४० प्रतिशत, विराटनगर महानगरपालिकाले १० प्रतिशत र नेपाल नागरिक उडड्यन प्राधिकरणले ५० प्रतिशत लागत साझेदारी गर्नेछन् ।

नेपाल सरकार र प्रदेश १ सरकारबीच लागत साझेदारी अवधारण अन्तर्गत विमानस्थलको विकास र विस्तार गरी अन्तराष्ट्रिय विमानस्थलको रुपमा विकास गर्ने सहमति पत्रमा उल्लेख छ । बिराटनगर बिमानस्थललाई स्तरउन्नति गर्नका लागि बिगत लामो समयदेखि माग भइरहेको थियो ।

lcci
You might also like

Comments are closed.