काठमाडौंका ६ ठाउँमा बर्डफ्लु पुष्टि, कुखुरा, अन्डा र दाना नष्ट

काठमाडौं । काठमाडौं उपत्यकाभित्रका ६ ठाउँमा बर्डफ्लु संक्रमण पुष्टि भएको छ ।

पशु सेवा विभागका अनुसार ललितपुर १५ स्थित खुमलटार, भक्तपुर- १० चाँगुनारायण, नागार्जुन- ६ रामकोट, तारकेश्वर-१ र ७ र काठमाडौं महानगरपालिका- १० शंखमुलमा ‘बर्डफ्लु” संक्रमण पुष्टि भएको हो ।

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा माघ १५ देखि २० गतेको बीचमा बर्डफ्लु पुष्टि भएको पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले बताएका छन् ।

jutta mela

ढकालका अनुसार हाल ६ ठाउँबाट ५ सय वटा हास, ५ हजार ५ सय ३१ वटा व्यवसायिक लेयर्स, ७ सय ६२ वटा स्थानीय कुखुरा नष्ट गरिएको छ ।त्यस्तै १० हजार २ सय ४५ वटा अण्डा, ५ सय ५० केजी खाना सुरक्षित तवरले नष्ट गरिएको उनले बताए । सबैभन्दा बढी नागार्जुन र तारकेश्वर बढी प्रभावित देखिएको विभागले जनाएको छ ।

त्यस्तै, १० हजार २ सय ४५ वटा अण्डा, ५ सय ५० केजी खाना सुरक्षित तवरले नष्ट गरिएको उनले बताए ।

व्यवसायिक रुपमा कुखुरा पाल्नेमा बढी संक्रमण देखिएकाले त्यस क्षेत्रमा हाल रोग पूर्ण रुपमा नियन्त्रण लिएकाे ढकालले बताए । नेपालमा २०६० सालमा झापाबाट बर्डफ्लु सुरु भएको हो ।

You might also like

Comments are closed.