पोखरामा अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना हुने सडक महोत्सव अहिले २७ औं संस्करणमा आइपुगेको छ । पोखराको पर्यटन प्रवद्र्धनमा यस महोत्सवले निरन्तर महत्वपूर्ण भूमिका खेल्दै आएको छ भने सामाजिक तथा सांस्कृतिक सद्भाव बढाउन पनि यसको योगदान उल्लेखनीय छ । सडक महोत्सवमा नेपालका विभिन्न जातजातिका सांस्कृतिक भेषभूषा, रहनसहन, खानपान तथा उत्पादन गरिएको वस्तुहरूको प्रदर्शनी हुने गर्दछ । यसले स्थानीय उत्पादनलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने अवसर सिर्जना गर्दछ, जसबाट घरेलु उत्पादन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने सम्भावना थपिनेछ । व्यवसायीहरूले पनि यस महोत्सवमा सहभागी भएर आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्न सक्छन्, जसले स्थानीय अर्थतन्त्रलाई थप सशक्त बनाउँछ ।
सडक महोत्सवले नेपालमा बसोबास गर्ने विदेशी तथा नेपाली पर्यटकलाई विविध स्वाद र संस्कृति नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्दछ । यहाँ विभिन्न जातजातिका मौलिक परिकारको स्वाद लिन सकिन्छ भने सांगीतिक, नृत्यात्मक र सांस्कृतिक प्रस्तुतीले महोत्सवको रौनक थप्दछ । समग्रमा, पोखरा सडक महोत्सव पर्यटन, संस्कृति र व्यवसायलाई एउटै प्लेटफर्ममा जोड्ने माध्यम बनेको छ । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै पोखराको पर्यटन र सांस्कृतिक पहिचानको प्रवद्र्धनमा निरन्तर योगदान पु¥याइरहेको छ ।



Comments are closed.