स्वास्थ्य मन्त्री खतिवडाको पहिलो कार्यक्रम पोखरामा

 

पोखरा । नेपाल सरकारका नवनियुक्त स्वास्थ्य मन्त्री विरोध खतिवडाको पहिलो कार्यक्रम पोखरामा हुने भएको छ । शनिबार नेकपा (एकीकृत समाजवादी) कास्कीको अयोजनामा हुने शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन उनी पोखरा आउने भएका हुन् ।

jutta mela

दसैं, तिहार, छठ र नेपाल संवतको अवसरमा आयोजना गरिने शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा खतिवडा प्रमुख वक्ता तथा विशिष्ट अतिथि बनेर पोखरा आउन लागेको नेकपा (एकीकृत समाजवादी) कास्कीका अध्यक्ष धनराज आचार्यले जानकारी दिए ।

पोखरा सभागृहमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको आचार्यले जानकारी दिए ।

You might also like

Comments are closed.