पोखरा । बिरुवा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा शिवराज आचार्य सर्वसम्मत निर्वाचित भएका छन् । सोमबार सम्पन्न नवौं वार्षिक साधरणा सभा एवं दशौं वार्षिकोत्सव कार्यक्रमबीच नयाँ नेतृत्व चयन भएको हो ।
सहकारीको उपाध्यक्षमा शिवराम भण्डारी, सचिवमा हरिश्चन्द्र रेग्मी, कोषाध्यक्षमा घनश्याम शर्मा, सहसचिवमा सुमित्रा लम्साल निर्वाचित भएका छन् ।
सदस्यमा कल्पना श्रेष्ठ, रघुनाथ पराजुली, लालुप्रसाद उपाध्याय, राधिका शर्मा, द्रोणराज महत, विष्णुप्रसाद सुवेदी छन् । लेखा समिति संयोजकमा रघुनाथ शर्मा र सदस्यमा शशीकला लामिछाने, कमलप्रसाद बराल निर्वाचित भएका हुन् ।
गण्डकी प्रदेश सहकारीका रजिस्ट्रार प्रेम प्रसाद ढकालको प्रमुख आतित्यतामा कार्यक्रम भएको सहकारीका निबर्तमान अध्यक्ष चित्रराज बरालले जानकारी दिए ।
Comments are closed.