पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ नेपालको आगामी लायन वर्षको नेतृत्व विशेश्वर आचार्यले गर्ने भएका छन् । यही चैत १४ गते पोखरामा डिष्ट्रिक्टको नवौं कन्भेन्सन हुँदैछ । कन्भेन्सनदेखि जुन अन्तिमसम्म उनी इलेक्ट गभर्नरको भूमिकामा रहनेछन् भने जुलाईबाट एक वर्षका लागि उनको कार्यकाल सुरु हुनेछ ।
यसैबीच, नेतृत्वका तयार रहेका लायन्सका लिडरहरुको आयोजनामा गण्डकी र धौलागिरी क्षेत्रमा मिट, ग्रिट एन्ड फेलोशिप कार्यक्रम सम्पन्न भएको छ । ‘आइडी इन्डोर्सी’का उम्मेदवार बालकृष्ण बुर्लाकोटी, डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार विशेश्वर आचार्य, प्रथम भाइस गभर्नरका उम्मेदवार महेन्द्र पौडेल र द्वितीय भाइस गभर्नरका उम्मेदवार मणिश्री रत्न बज्राचार्यले गण्डकी र धौलागिरी क्षेत्रका क्लबहरुका बिच आ–आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन ।
सबै उम्मेदवारले शतप्रतिशत ‘एस भोट’को अपिल गरेका छन् । यो पटक डिष्ट्रिक्टमा सबै एकल उम्मेदवार भएकाले आगामी चैत्र १४ गते पोखरामा हुने डिष्ट्रिक्ट ३२५ बि १ नेपालको नबौ महाधिवेसनबाट डिष्ट्रिक्ट गभर्नर तथा भाइस गभर्नरहरु निर्बिरोध चयन हुनेछन् ।
पोखरा, स्याङजा र तनहुँ क्षेत्रका करिब ८०० लायनहरुको उपस्थितिमा शुक्रबार पोखरामा सम्पन्न संयुक्त फेलोशिप कार्यक्रममा डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार विशेश्वर आचार्यले आफूले नेतृत्व लिएपछि आगामी लायन वर्षमा गरिने कार्ययोजना प्रस्तुत गरेका थिए । सर्भिस फर अ स्माइल थिममा रहेर दिगो विकासमा आधारित कार्य गर्ने उनले बताए । उद्यमशीलताको विकास गर्दै विभिन्न १० जिल्लाका गाउँलाई लायन्स उद्यमी गाउँका रुपमा विकास गरिने र वर्ष भरी नै लायन्सका सबै कार्यक्रम त्यही क्षेत्रमा लक्षित गरि गरिने योजना रहेको जानकारी गराए ।
प्रथम भाइस गभर्नरका उम्मेदवार लायन महेन्द्र पौडेल र द्धितिय भाइस गभर्नरका उम्मेदवार लायन मणिश्री रत्न बज्राचार्यले डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार लायन विशेश्वर आचार्यले ल्याएका कार्यक्रमलाई सफल बनाउन एकजुट भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

आइडी इन्डोर्सिका उम्मेदवार लायन बालकृष्ण बुर्लाकोटीले आफूले लायन्स अन्तर्राष्ट्रियको नेतृत्व गरेपछि धेरै प्रोजेक्टहरु नेपाल भित्र्याउने योजना रहेको बताए ।
कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालका गभर्नर मन बहादुर रोक्का, लायन्स म्यागेजिनका चिफ एडिटर धनराज आचार्य, लिडरहरु गिरधारी शर्मा, गौतममान श्रेष्ठ, ध्रुब थापा, अशोक श्रेष्ठ, भुगोल शेरचन, राजेन्द्र बाटाजू लगायतले सबै उम्मेदवारलाई आफ्नो साथ र समर्थन रहेको बताउँदै सफलताको कामना गरेका थिए । लायन्स क्लब अफ पोखरा सेन्ट्रलका अध्यक्ष लायन बबिन बग्दासको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन लायन्स क्लब अफ काठमाण्डौ साझा फुलबारीका अध्यक्ष हरिचन्द्र तिवारीले गरेका थिए भने कार्यक्रमको सञ्चालन डिष्ट्रिक्ट जिएमटि को–अर्डिनेटर दुर्गाप्रसाद हुमागाईले गरेका थिए ।
यसैगरी बुधबार र बिहीबार गोरखा, आबुखैरेनी, धौलागिरीको म्याग्दीे, बागलुङ, पर्वत क्षेत्रका क्लबहरु बिच पनि मिट, ग्रिट एण्ड फेलोशिप कार्यक्रम सम्पन्न भएको थियो । शनिबार तनहुँ र धादिङ क्षेत्रका क्लबहरु बिचमा समेत फेलोशिप कार्यक्रम गरिएको थियो ।
सो फेलोशिप कार्यक्रममा आइडी इन्डोर्सीका उम्मेदवार बालकृष्ण बुर्लाकोटी, डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार विशेश्वर आचार्य, प्रथम भाइस गभर्नरका उम्मेदवार महेन्द्र पौडेल, द्वितीय भाइस गभर्नरका उम्मेदवार मणिश्री रत्न बज्राचार्यले शतप्रतिशत एस भोटको अपिल सहित सहयोगको आह्वान गरेका थिए । यसअघि गत महिना काठमाडौं क्षेत्रका क्लबहरुबीचमा पनि संयुक्त फेलोशिप कार्यक्रम सम्पन्न भइसकेको छ ।






Comments are closed.