पोखराका आचार्य अब लायन्सको गभर्नर, दीगो विकास कार्यक्रमलाई प्राथमिकता

पोखरा । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको डिष्ट्रिक्ट गभर्नरमा विशेश्वर आचार्य निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न नवौं कन्भेन्सनबाट लायन वर्ष २०२१/२२ का लागि उनी गभर्नरमा निर्वाचित भएका हुन् । उनको कार्यकाल अब जुलाई १ बाट सुरु हुनेछ ।

नोभेल एकेडेमी पोखराका सञ्चालक आचार्य बिगत २३ वर्षदेखि लायन्स मार्फत सामाजिक काममा सक्रिय छन् । विभिन्न पद हुँदै गभर्नरसम्म पुगेका आचार्यले आफ्नो कार्यकालमा दीगो विकाससँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकतामा राख्ने योजना अगाडि सारेका छन् ।

सम्पूर्ण लायन्सलाई समेटेर डिष्ट्रिक्टको नेतृत्व गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । डिष्ट्रिक्टको प्रथम भाइस गभर्नरमा महेन्द्र पौडेल र द्वितीय भाइस गभर्नरमा मनिश्री रत्न बज्राचार्य निर्वाचित भएका छन् ।

त्यसैगरी लायन्सको अन्तर्राष्ट्रिय निर्देशक पदका ईण्डोर्सी बालकृष्ण बुर्लाकोटीले शतप्रतिशत मत प्राप्त गरी विजयी भएका छन् । अब उनले अन्तर्राष्ट्रिय निर्देशकको लागि मल्टिपलमा प्रतिस्पर्धा गर्नुपर्नेछ ।

त्यसैगरी गभर्नर आचार्यले क्याबिनेट सेक्रेटरीमा दुर्गाप्रसाद हुमागाईंलाई मनोनित गरेका छन् । क्याबिनेट ट्रेजेररमा पृथ्वीराज तिमिल्सिना, डिष्ट्रिक्ट चिफ एडभाइजर, पिआरओ इन चिफमा उदयकुमार नेपाल, लङ रेन्ज प्लानिङ कमिसन चिफ, प्रोजेक्ट म्यानेजमेन्ट चिफ, चिफ डिष्ट्रिक्ट एडमिनिष्टरमा चण्डीप्रसाद अर्याल, चिफ एम्बास्डर अफ गभर्नर, डिष्ट्रिक्ट एडमिनिष्टेटर (गण्डकी धौलागिरी), डिष्ट्रिक्ट एडमिनिष्टर (बागमती), वेलफेयर बैंक चिफमा मिलन थापा, सस्टेनेवल डेभलपमेन्ट गोल चिफ रामबहादुर (आरबी) अधिकारी, लिडरसिप एकेडेमी चिफमा सुचित्रा थापा मनोनित भएका छन् ।

You might also like

Comments are closed.