घरजग्गा व्यवसायको समस्या समाधानमा महासंघको सार्थक पहल

विष्णुप्रसाद घिमिरे (ध्रुव)
महासचिव
नेपाल जग्गा तथा आवास विकास महासंघ

नेपालको रियल इस्टेट व्यवसायमा सफलता हासिल गरेका व्यवसायीहरुको अथक मेहनत एवं प्रयासबाट महासंघको स्थापना भएको हो । घरजग्गा व्यवसायको क्षेत्रमा रहेका समस्याहरुको समाधानका लागि महासंघले आफ्नो ठाउँबाट सार्थक पहल गर्दै आइरहेको छ । महासंघका आम सदस्यहरुको भूमिकाले अझै पनि महासंघलाई बलियो बनाएको हामीले महसुस गरेका छौं ।

जग्गा तथा आवास सम्बन्धी संघ संस्थाहरुको एकता, हक, अधिकार, हित संरक्षण र संगठित प्रयास एवं राष्ट्रिय प्रतिनिधित्व गर्दै यस क्षेत्रमा संस्थागत मूल्य एवं मान्यता स्थापित गर्नुपर्छ । वैज्ञानिक एवं व्यवस्थित शहरी एवं बस्ती विकासको माध्यमद्वारा नेपाललाई सुन्दर मुलुकको रुपमा परिचित गराउने हाम्रो अभियान हो ।

नेपालभर घरजग्गा तथा आवास विकासको क्षेत्रलाई आफ्नो पेशा तथा व्यवसाय बनाई व्यवसाय गर्दै आउनु भएका व्यवसायीहरुले भोग्नु परिरहेको विभिन्न समस्याहरुको समाधानका लागि महासंघ प्रयासरत छ । निरन्तर रुपमा आप्mनो उद्देश्य प्राप्तिको लागि हामी सबै व्यवसायीहरु एकजुट भई अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता हो ।

महासंघको स्थापनाको शुरुवाती दिनमा नै भू–उपयोग नियमावली, २०७९ जारी भई जग्गाको वर्गीकरण गर्नुपर्ने र सो जग्गाको वर्गीकरण सम्पन्न नभएसम्म जग्गाको कित्ताकाट रोकिन गयो । रोकिएको कित्ताकाट खुलाउन आवश्यक नीति निर्देशनको ब्यवस्थाका लागि अथक पहल महासंघले गर्यो र हाल कित्ताकाट खुुलाउन सफल भएका छौं । यसबाट रियल इस्टेट व्यवसाय लगायत अन्य क्षेत्रमा समेत सकारात्मक सन्देश गएको र मुलुकको आर्थिक अवस्था चलायमान बनाउनमा केही हदसम्म योगदान पुगेकोछ ।

jutta mela

यसरी नै आगामी दिनमा रियल इस्टेट व्यवसायलाई अझ बढी संस्थागत र मर्यादित बनाउनका लागि महासंघको पहलकदमीमा विभिन्न ऐन, कानून तथा निर्देशिकाहरु बनाई कार्यान्वयनमा ल्याउनुपर्ने भएको छ । यस क्षेत्रमा हाम्रा समस्या तथा चुनौतीहरु झन् थपिँदै गएको अवस्था छ । ती समस्या तथा चुनौतीहरुको सामना गर्दै समाधानका उपायहरु अबलम्बन गर्न हामीहरु सबैले अति नै मेहनत तथा गृहकार्य गरी अगाडि बढ्नुपर्ने आवश्यकता देखिएको छ ।

महासंघको हालको कार्यसमितिले आफ्नो कार्यकालमा आर्थिक, प्राविधिक, प्रशासनिक लगायतका विविध समस्याहरुका बावजूद उल्लेखित कार्य सम्पन्न गर्न केही हदसम्म सफलता प्राप्त गरेतापनि हाम्रा सामु धैरै समस्या र चुनौतीहरु छन् । यसबाट उन्मुक्ति पाउन आगामी दिनमा हामी सबै व्यवसायीहरु एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।

महासंघले कार्ययोजनाका साथ आगामी रणनीतिहरु अगाडि बढाउँदै छ । यो अभियानमा साथ दिन म सम्पूर्ण व्यवसायीहरुमा आग्रहसमेत गर्दछु । संघ तथा प्रदेशस्तरमा संचालन हुने ठूलाठूला रियल इस्टेट परियोजनाहरु (जस्तै ः ल्याण्ड पुलिङ, हाउस पुलिङ, स्मार्ट सिटी, स्याटलाईट सिटी आदि) मा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्नका लागि आवश्यक कानूनी ब्यवस्था गर्न सम्बन्धित निकायहरुमा पहल गर्ने, महासंघको कोष वृद्धिका लागि व्यावसायिक गतिविधिमा संलग्न भई कोषलाई मजबूत पारिने र सो कोषलाई व्यावसायिक उद्देश्य पूर्तिका लागि खर्च गर्ने हाम्रो योजना छ ।

रियल इस्टेट उद्योग प्रतिकूलका विद्यमान अव्यवहारिक तथा झन्झटिला कानूनी प्रावधानलाई संशोधन तथा परिमार्जन गर्नका लागि सरोकारवाला निकायहरुसँग समन्वय गर्ने तथा सोका लागि सम्बन्धित निकायहरुलाई दवाव दिने, रियल इस्टेट उद्योगमा संलग्न व्यवसायीहरुको हक हितको प्रबद्र्धन गर्ने वातावरण सिर्जना गर्न विभिन्न गोष्ठी, सेमिनार तथा दवावमूलक कार्यक्रमहरुलाई यथावत रुपमा सञ्चालन गर्ने, नेपाल सरकार तथा नेपाल राष्ट्र बंैक लगायतका सरकारी तथा गैर सरकारी निकायहरुको रियल ईस्टेट व्यवसायप्रति सकारात्मक धारणा बनाउन थप प्रयत्न गर्दै यस व्यवसायलाई उत्पादनमूलक उद्योग सरहका सुविधा तथा सहुलियत प्राप्त हुने वातावरण सिर्जना गर्न आवश्यक पहल गर्ने, नेपाल भरिको ७७ वटै जिल्लाहरुमा जिल्ला संघ गठन गरी महासंघको सदस्य संख्या विस्तार गर्दै यस महासंघलाई सृदृढ एवं सबल बनाउने हाम्रो तत्कालीन योजनाहरु छन् । यसैक्रममा महासंघको दोस्रो वार्षिक महासभा हामीले पोखरामा सम्पन्न गरेका छौं । महासभाबाट पारित योजना अुनसार अब महासंघ अगाडि बढ्नेछ ।

You might also like

Comments are closed.