चीनको आवासीय राजदूतमा श्रेष्ठ नियुक्त

 

काठमाडौं । चीनको आवासीय राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् ।

आज राष्ट्रपति विद्यादेवी भण्डारीले जनवादी गणतन्त्र चीनको आवासीय राजदूतमा आज विष्णुपुकार श्रेष्ठलाई नियुक्त गरेकी हुन् ।

राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइअनुसार नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा श्रेष्ठलाई नियुक्त गरिएको हो ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.