काठमाडौं । पूर्व बैंकर तथा अर्थविद विश्वमोहन अधिकारी युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशक नियुक्त भएका छन् । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो ।
खुल्ला प्रतिस्पर्धामा अधिकारी उक्त पदका लागि पहिलो नम्बरमा सिफारिस भएका थिए । साविक ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीको स्थायी घर कास्की हो ।
बैंकिङ क्षेत्रमा झण्डकै ३ दशकको अनुभव संगालेका अधिकारीले पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा इन्टरपेनरसिप र बैकिङ विषयमा अध्यापनसमेत गराउँदै आइरहेका छन् ।
Comments are closed.