‘प्रविधिको उच्चतम प्रयोग आवश्यक छ’ (अन्तर्वार्ता)

क्यान अध्यक्षलाई प्रश्नः प्रविधिको दूरुपयोगले बढ्दा खतरा बढ्दो छ नि ?

रुक्मागत भण्डारी (विश्वास)
अध्यक्ष, क्यान महासंघ कास्की
संयोजक, इन्फोटेक मूल आयोजक समिति

पोखरामा यही फागुन ११ देखि १५ सम्म हुने ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वल्र्डलिंक’ हुँदैछ । इन्फोटेकको सन्र्दभमा केन्द्रित रहेर क्यान कास्कीका अध्यक्ष रुक्मागत भण्डारी (विश्वास)सँग आर्थिक आवाजले गरेको कुराकानीः

इन्फोटेक आयोजना किन गर्न लाग्नु भएको हो ?

यो सूचना र प्रविधिको एउटा एक्स्पो हो । सूचना र प्रविधि कहिल्यै पनि यथास्थिति (कन्स्टेन्ट) मा बस्दैन । यो हरेक समय परिवर्तन भइरहेको हुन्छ । विश्वबजारमा प्रविधिमा बारम्बार परिवर्तन आइरहेको हुन्छ । हामीले यो एक्स्पो गर्नुको प्रमुख उद्देश्य भनेको सूचना र प्रविधिमा विश्वमा आएका नयाँनयाँ सूचना र प्रविधिबारे जानकारी दिनु र बिक्री वितरण गर्नु हो । एक्स्पोमा हामी २ वटा सेवा दिन्छौं, एउटाचाहिं सूचना प्रविधिमा आएको परिवर्तन र त्यसको प्रयोगबारे जानकारी दिने र अर्कोचाहिं उत्पादनमा आएका सामानहरुको परिवर्तनबारे देखाएर त्यसको बिक्री वितरण गर्र्नें ।

jutta mela

इन्फोटेकका लक्षित वर्गचाहिं को हो ?

इन्फोटेकको लक्षित वर्ग भनेको आइसिटीसँग सम्बन्धित अर्थात सूचना प्रविधिसँग जानकार वा चासो राख्नेहरु हुन् । यसको मतलव आइसिटीसँग सम्बन्धित नभएका मान्छे हाम्रा सेवाग्राही होइनन् त हामी भन्दैनौं । किनभने उनीहरुले पनि मोबाइल, कम्प्युटर, ल्यापटप, हार्डडिस्कलगायतका प्रविधिको प्रयोग गरिरहेका हुन्छन् । तर उसलाई आफैले चलाएको मोबाइल कुन भर्सनको हो ? त्यसमा केके फिचरहरु छन् भन्ने जानकारी हुँदैन । त्यो चलाएर जीवनलाई अझ सहज कसरी बनाउन सकिन्छ, पैसा कसरी बचत गर्न सकिन्छ भन्नेबारेमा चासो राख्दैनन् । यद्वपि पनि उनीहरुपनि एक्स्पोमा आएर बुझ्न, आफूलाई आवश्यक्ता अनुसार जानकारी लिन सक्छन् । तर जो सूचना प्रविधिसँग जानकार छन् र नयाँनयाँ सूचना र प्रविधिबारे जानकारी लिन, त्यसको प्रयोग गरेर समय र पैसा बचाउँदै जीवनलाई सहज र सरल बनाउन चाहन्छ उसका लागि यो एक्स्पो अत्यन्त महत्वपूर्ण छ भन्नमात्र खोजिएको हो ।

आम सर्वसाधारण यसबाट कसरी लाभान्वित हुनसक्छन् ?

एक्स्पोमा जोकोही आएर सूचना प्रविधिसँग सम्बन्धित सबै कुरा जानकारी लिन सक्छ । विश्व बजारमा अहिले नयाँनयाँ टेक्नोलोजी केके आएका छन् ? मोबाइल, ल्यापटप, कम्प्युटरदेखि सफ्टवेयरसम्म यो वर्षमा केके परिवर्तन आए ? त्यसको फिचर केके छन् ? त्यसको कसरी प्रयोग गर्ने ? प्रयोग गर्दाको फाइदा केके हुन् ? लगायतका बारेमा जानकारी लिन सक्छन् । अर्कोचाहिं प्रतिष्पर्धी बजारका सबै ब्राण्डहरु एक्स्पोमा स्टल राखेरै बस्ने भएकाले यहाँ खरिद गर्दा सामानको मूल्यपनि केही सस्तो पर्छ । त्यसैले सर्वसाधारणले आफूलाई आवश्यक्ता अनुसार सूचना प्रविधिबारे जानकारी लिने, आफूलाई चाहिएको सामान सस्तो मूल्यमा खरिद गर्ने थलो एक्स्पो हुन्छ । यसो गरियो भने सर्वसाधारण लाभान्वित हुनसक्छन् ।

एक्स्पोमा कम्पनीहरुले अफरहरु पनि दिदैछन् ?

पक्कै पनि एक्स्पोको अवसरमा विभिन्न कम्पनीहरुले अफरहरु दिदैछन् । एक्स्पो सूचना प्रविधिसँग सम्बन्धित कम्पनीहरुको चाडजस्तै हो । त्यसैले उनीहरुले आ–आफ्नो प्रोडक्टहरुमा विभिन्न अफरहरु दिन्छन् । विशेष गरेर एक्स्पोमा मूल्य रिजनेवल राख्ने, एउटा सामान खरिद गर्दा अर्को सामान अफरको रुपमा राख्ने गर्छन् । यो एक्स्पोमा पनि कम्पनीहरुले विभिन्न अफरहरु दिनेछन् ।

सूचना प्रविधिले मानव जीवनमा कस्तो भूमिका खेलेजस्तो लाग्छ तपाईंलाई ?

प्रविधिले मान्छेको जीवनलाई धेरै नै सहज बनाएको छ । मान्छेको दिनचर्यालाई अत्यन्त सहज बनाएको छ । प्रविधिकै कारण मान्छेको समय बचत भएको छ । पैसाको बचत भएको छ । नयाँनयाँ कुराहरुको उपभोग गरेर जीवनलाई आनन्दमय बनाउन पाएको छ ।

प्रविधिको दूरुपयोग बढ्दा खतरा पनि त बढ्दो छ भन्छन् नि ?

हो, हरेक कुराको राम्रा र नराम्रा दुबै पाटाहरु छन् । सकारात्मक पाटाहरुसँगै नकारात्मक पाटाहरु पनि हुन्छन् । प्रविधिलाई कसरी प्रयोग गर्ने भन्ने मात्र हो । तपाईंले यसको सदूपयोग गर्नुभयो भने तपाईंको समय बचत हुन्छ, पैसा बचत हुन्छ अनि जीवन सहज बन्छ । होइन तपाईंले यसको दुरुपयोग गर्नुभयो भने यसले तपाईंलाई दास बनाउँछ, साइबर क्राइमको मुद्धामा प्रहरी खोरमा पु¥याउँछ । बच्चाको पढाईमा असर पार्न सक्छ । त्यसैले यसको प्रयोगमा सचेतता अपनाउन जरुरी छ । यसबारे सिक्ने र सिकाउने थलोपनि एक्स्पो हो ।

निजी क्षेत्रको नेतृत्व गरिरहँदा सरकारसँग कसरी सहकार्य गर्दै हुनुहुन्छ ?

म ८ वर्षदेखि यो क्षेत्रमा छु । सरकारी तवरबाट पछिल्लो २ वर्षमा केही कदम चालिएको छ । पछिल्लो कदम जस्तो पहल अलि पहिला भएको भए, हामी निकै अघि बढिसक्ने थियौं । नयाँ प्रविधि र उत्पादन नल्याए हामी दर्शक, उपभोक्तासम्म जान सक्दैनौं । सरकारले सूचना प्रविधिबारे केही काम गर्दैछ । आइटी पार्क बनाउने कुरा छ । त्यसमा पनि क्यान महासंघसँग पनि सहकार्य भएको छ । डिजिटल नेपाल फ्रेम वर्कमा पनि हाम्रो सुझाव सरकारले मागेको थियो । यो क्षेत्रमा वर्षभरिमा गर्न सकिने कामबारे हामीले सुझाव दिएका थियौं । प्रदेश सरकारसँग मिलेर हामीले सूचना प्रविधि दिवस पनि मनायौं ।

इन्फोटेकमा केकस्ता गतिविधिहरु हुँदैछन् ?

धेरै प्रतियोगिता २ तहमा गरेका छौं । प्रादेशिक मेला भएकाले जिल्ला तहमा उत्कृष्टहरु बीच प्रादेशिक तहमा अर्को प्रतिश्पर्धा हुन्छ । जिल्ला तहमा हुने प्रतियोगिताका विजयीले पनि आकर्षक पुरस्कार पाउँछन् । कास्की बाहेकका ८ जिल्लामा प्रतियोगिता हुन्छन् । सबै जिल्लाबाट ३ समूह आउँछन् । खुला टाइपिङ प्रतियोगिता पनि हाम्रो आकर्षण हो । यसमा पनि जिल्ला स्तरीय र प्रादेशिक फरक फरक प्रतिश्पर्धा हुन्छन् । टाइपिङ प्रतियोगितामा पुरस्कार प्रथम, दोस्रो र तृतीयलाई क्रमशः डेस्कटप कम्प्युटर, थ्रि इन वान प्रिन्टर र उफर छन् । रोबोर्टहरुको प्रदर्शनी पनि हुँदैछ । इन्जिनियरिङ अध्ययन संस्थान पोखरा क्याम्पसको रोबोटिक्स क्लबसँग सहकार्य गरी त्यहाँ उपलब्ध भएका सबै मुख्य रोबोर्ट प्रदर्शनीमा राख्ने व्यवस्था गरेका छौं । ती रोबोर्टबीच पनि प्रतिश्पर्धा हुनेछ । रोबोर्टबीच फुटबल प्रतिश्पर्धा हुनेछ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः ८ हजार, ५ हजार र ३ हजार पुरस्कार दिइनेछ । सहभागी हरेक समूहले २ हजार पाउने छन् । यो वर्षबाट आइसिटी स्पिच कम्पिटिसन पनि हुँदै छ । यो ३ शीर्षकमा प्रतिश्पर्धा हुनेछ । आइसिटी सेमिनार पनि यसको आकर्षण हो । काठमाडौंबाट आएको विज्ञ टोलीले आइसिटीबारे सार्थक बहस गर्ने छ ।

एक्स्पोमा किन आउने ?

मान्छे सूचना प्रविधिबाट टाढा बस्नै सक्दैन । चाहे जानेर होस् वा नजानेर उसले सूचना प्रविधिको प्रयोग गरिरहेकै हुन्छ । मोबइल, कम्प्युटर, ल्यापटपलगायतका सामग्री त उसले दैनिक रुपमा प्रयोग गरिरहेकै हुनुहुन्छ । तर त्यसलाई उसले कसरी प्रयोग गर्दा अधिकतम फाइदा लिनसक्छ ? समय र पैसाको बचत गर्दै जीवनलाई कसरी सहज बनाउन सकिन्छ भन्ने मुख्य कुरा हो । यो सिक्नका लागि एक्स्पो आउनुपर्छ । त्यस्तै, विश्व बजारमा सूचना प्रविधि कसरी शुरु भयो ? नेपालमा र खास गरेर पोखरामा कहिले के भित्रियो ? अहिलेको विश्व बजारमा नयाँनयाँ प्रविधि के के आइरहेका छन् ? त्यसको प्रयोग कसरी गर्ने ? त्यो प्रयोग गर्दाको फाइदा के हो ? भन्नेबारेमा जान्न, बुझ्न र हेर्नका लागि पनि एक्स्पो आउनका लागि म आग्रह गर्दछु ।

इन्फोटेक सफल पार्न प्रायोजनमा कसकसको साथ मिलेको छ ?

इन्फोटेकलाई प्रभुपेले मुख्य प्रायोजन गरेको छ । इन एसोसिएसन विथमा वल्र्डलिंक, प्लाटिनम स्पोन्सरमा एनसेल, डायमण्ड स्पोन्सरमा जेरक्स, गोल्ड स्पोन्सरमा ब्रर्दश विंथ कास्र्पस्काई र स्मार्ट सेल, सिल्भर स्पोन्सरमा भायानेट, लर्ड बुद्ध एजुकेशन फाउण्डेशन, एस–पार्वर र टिपिलिंक विथ क्वुकहिल, डिजिटल पार्टनरमा ब्रेन डिजिट, नलेज पार्टनरमा निम एकेडेमी, अफिसियल इन्स्योरेन्स पार्टनरमा प्रभू इन्स्योरेन्स, रोबर्ट कम्पिटिसन स्पोन्सरमा कस्मिक कम्प्युटिङ सोलुसन न्युरोड, रनिङसिल आइसिटी क्विज कन्टेष्ट स्पोन्सरमा हिमालयन कम्प्युटर न्युरोड, आइसिटी स्पिच स्पोन्सरमा टिपिलिंक नेटवक प्रालि, आइसिटी कन्फरेन्स स्पोेन्सरमा जेनेक्स अटोमेसन न्युरोड, फ्रि मेन्टिनेन्स क्याम्पमा इन्टेल ल्यापटप हाउस न्युरोड, सेक्युरिटी पार्टनरमा एम.बि. टे«डर्स न्युरोड, टाइपिङ कम्पिटिसन स्पोन्सरमा पाण्डे कम्प्युटर सप्लायर्स, हिस्पटालिटी पार्टनरमा योअर च्वाइस रेष्टुरेन्ट न्युरोडले साथ दिएका छन् ।

You might also like

Comments are closed.