डिजिटल बजारमा राष्ट्रिय नेटवर्क बनाउँदै ‘बिजबजार’

काठमाडौं । अनलाइन सपिङको क्षेत्रमा राष्ट्रिय नेटवर्क बनाउने गरी ‘बिजबजार’ इकमर्श सञ्चालनमा आएको छ । अनौपचारिक रुपमा सेवा प्रदान गरिसकेको बिजबजारको औपचारिक सुरुवात असोज १ गते शुक्रबारबाट हुनेछ ।

बेल्जियम, अष्ट्रेलिया, अमेरिका लगायतका देशभरमा प्राप्त अवसरहरु छोडेर नेपाल आएका युवाहरु र नेपालमै पर्यटन लगायतका व्यावसायिक क्षेत्रमा लामो अनुभव संगालेका व्यवसायीहरुको संयुक्त लगानीमा बिजबजार इकमर्श सञ्चालनमा आएको अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।

आरकेडी समूह अन्तर्गतको टुरिजम इन्भेष्टमेन्ट फण्डले प्रवद्र्धन गरेको कम्पनी बिज बजार लिमिटेडले इकमर्श साइट सञ्चालनमा ल्याएको हो ।

jutta mela

इकमर्श साइट bizbazar.com.np मा गएर सेवाग्राहीले आफूलाई आवश्यक पर्ने सेवा लिन सक्छन् । कम्पनीले देशभर सातै प्रदेशमा नेटवर्क बनाइसकेको छ । ‘देशभर सात हजार भन्दा बढीले हाम्रो नेटवर्क रहेर काम सुरु गरिसक्नुभएको छ,’ उनले भने, ‘सबै प्रदेशमा प्रदेश कार्यालय छन् । प्रत्येक जिल्लामा नेवटर्क बनिसकेको छ ।’

नेपालको ट्रेडिङ व्यवसायको क्षेत्रमा काम गर्ने गरी साइट सञ्चालनमा आएको हो । ‘दुरदराजबाट कृषिका सामग्री बजारीकरण गर्ने काम पनि गर्नेछौं,’ शर्माले भने, ‘आइटी, इलेक्ट्रिोनिक, हार्डवयर, खाद्यान्न, ग्रोसरी लगायतका दैनिक जीवनमा आवश्यक सम्पूर्ण सामग्री होम डेलिभरी सुविधा प्रदान गर्नेछौं ।’

भिडियो: डिजिटल बजारमा आक्रामक रुपमा प्रस्तुत हुँदै बिजबजार

इटिकेटिङ, होटल बुकिङ, सफ्टवयरहरुको डेभलप तथा प्रवद्र्धन लगायतको काम पनि कम्पनीले गर्नेछ । बिटुबीटुसी मोडलमा अनलाइन भर्चुअल ट्रान्जेक्सनमा गएर नेपाललाई डिजिटल ट्रेडिङ हव बनाउने कम्पनीको भिजन छ ।

You might also like

Comments are closed.